• Breaking News

    9.17.2015

    बाबुरामको यो कार्टुन स्टाटसमा गालीको वर्षा

    काठमाण्डु, १ असोज – एमाओवादी नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार बिहान पोस्ट गरेको यो कार्टुनमा उनलाई  एकाहोरो गालीको वर्षा भएको छ ।
    नागरिक दैनिकमा शुक्रबार प्रकाशित कार्टुनमा प्रधानमन्त्रीका लागि ओलीको क्रियाशीलतामा व्यंग्य गरिएको छ । जसलाई भट्टराईले ‘ओहो ! बिहान बिहान रबिन सायमीको कति सटिक व्यंग्य ११’ भन्दै काटुर्न सेयर गरेका छन् ।
    उनले सेयर गरेको २ घण्टामा करिब एक हजार कमेन्ट भएको छ । ती मध्ये अधिकांशमा गाली र भट्टराईको आलोचना मात्रै छ ।
    भट्टराईले केही दिन यता लेखेका स्टाटसहरुले राम्रो ‘रेस्पोन्स’ पाएका छैनन् । केही दिन अघि भट्टराईले आउँदो २४ घण्टामा नेपाल टुक्रिने वा नटुक्रिने त्यसको छिनोफानो हुन्छ भन्दै विवादास्पद स्टाटस पोस्ट गरेका थिए ।

    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र