• Breaking News

    9.17.2015

    के चाहन्छ भारत ? किन आउदैछन् विदेश सचिव ?

    मोदी दुत जयशंकरको यो भ्रमण रहस्यमयी
    काठमाडौं । संविधान जारी हुने समय २ दिनमात्र बाँकी हुँदा प्रक्रियाप्रति नै असन्तुष्ट दक्षीणि छिमेकी देश भारतका प्रधानमन्त्री नेन्द्र मोदीका विशेष दुत एश जयशंकर शुक्रबार नेपाल आउने भएका छन् ।
    भारतिय विदेश सचिव समेत रहेका जयशंकरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विशेष दुत बनाएर नेपाल पठाउन लागेका हुन् ।
    शुक्रबार विहान ९ बजे नेपाल आउन लागेका जयशंकरले प्रधानमन्त्री सूशिल कोइराला र राष्ट्रपति रामबरण यादवलाई भेट्ने कार्यक्रम तय भएको छ ।
    नेपालको जारी संविधान निर्माण प्रक्रियालाई रोक्न निकै बल गरेकाे भारतले नेपालका लागी राजदुत रंजित रे लाई दिल्ली बोलाएर नेपालको अवस्थाको बारेमा जानकारी लिए लगत्तै जयशंकरलाई नेपाल पठाउन लागेको हो ।
    शनिबार बिहानसम्म नेपाल रहने जयशंकरले राष्ट्रपति र प्रधानमन्त्री बाहेक अन्य नेताहरुलाई भेट्ने कार्यक्रम तय नभएको बताइएपनि एमाले र एमाओवादी तथा मधेशवादी दलका मुख्य नेताहरुलाई भेट्न सक्ने अनुमान लगाइएको छ ।
    अर्को छिमेकी राष्ट्र चिनले नेपालमा नयाँ  संविधान निर्माण भएकोमा खुशि व्यक्त गरेको अवस्थामा मोदी दुत जयशंकरको यो भ्रमण रहस्यमयी छ । आफुले संविधान निर्माणमा खेलेको भुमिकालाई भारत सुधार्न चाहन्छ या अझै दबाब दिएर नेपालसँग बिग्रन लागेको सम्बन्धलाई झनै बिगार्ने छ भन्ने कुराको टुगोंसमेत जयशंकर भ्रमणले लगाउने छ ।
    मोदी दुतको यो भ्रमणको उदेश्य जे जस्तो भएपनि नेपालमा अशोज ३ गते संविधान जारी हुनेछ र त्यो अब ठुलो प्राकृतिक विपत्तिबाहेक अरु कुनै घटनाक्रमले रोक्न सक्दैन ।

    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र