• Breaking News

    9.20.2015

    बिग बोसमा भाग लिँदै नक्कली सलमान

    एजेन्सी, मुम्बई, असोज ४

    ‘बिग बोस’ को नवौं श्रृंखलामा अभिनेता सलमान खान जस्तै देखिने नजिम खानले भाग लिने भएका छन्।

    अफगानिस्तानको राजधानी काबुलका नजिमले सलमान खानको ‘बजरंगी भाइजान’ मा युवा सलमानको भूमिका निभाएका थिए।

    हाल बलिउडमा संघर्ष गरिरहेका उनलाई बजरंगी भाइजानका निर्देशक कबिर खानले सामाजिक सञ्जालमा खोजेर भेट्टाएका थिए । उनी सलमानलाई आफ्नो रोल मोडल मान्छन् ।

    भारतको चर्चित टेलिभिजन सोमध्ये पर्ने बिग बोस ९ को घरमा नजिमका अलावा सुनिल ग्रोवर, अर्शी खान, नक्षत्र बाग्वे, माही, अरमान जैन, अंकित गेरा, रुपल त्यागी, मयुर वर्मा, मोहित मल्होत्राले विजेता बन्ने प्रतिष्पर्धा गर्नेछन् ।

    बिग बोस नेदरल्याण्डबाट सुरु भएको ‘बिग ब्रदर’ को रिमेक हो । कलर्स टेलिभिजनबाट प्रसारण हुने उक्त सो अक्टुबर ११ बाट प्रसारण हुँदैछ । सोलाई छैठौं श्रृंखलादेखि चलाउँदै आएका सलमान खानले चलाउने छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र