• Breaking News

    9.20.2015

    जनआन्दोलनका घाइते मुकेशको घरमा १० बर्षपछि दिपावली

    काठमाडौँ ४ असोज । २०६२ सालको तिहारमा छोरासँगै दिपावली गरेका मुकेश कायस्थका परिवारले त्यसको १० बर्षपछि दिपावली पुनः गर्दैछन् । त्यो बीचका १० ओटा दिपावली उनीहरुले गरेनन् । कारण उनीहरुको एकमात्रै छोरा मुकेश कायस्थ जन-आन्दोलन २०६२/०६३ मा प्रहरीको गोली लागेर अर्धचेत बन्न पुगेका थिए ।



    छोरोले दिपावली गर्न रहर गर्थ्यो  त्यही भएर अर्धचेत छोरा बिना कसरी दिपावली गरौ भनेर उनको परिवारले दिपावली गरेकै थिएन । आईतवार, नेपालमा संविधान घोषणा हुने ऐतिहासिक दिनमा अवसरमा एका बिहानै जन-आन्दोलन २०६२/०६३ मा प्रहरीको गोली लागेर अर्धचेत बन्न पुगेका मुकेश कायस्थका पिता कृष्णमान कायस्थ उनकै निवासको स्टोर कोठामा भेटिए । धेरै बर्षपछि दिपावलीमा प्रयोग गरेको बत्ति झिक्न उनी स्टोर कोठामा पुगेका थिए । धुलोले लपेटिएको बत्तिको झोला झिकेर त्यसलाई सफा गर्दै उनले घर सजाउन लागे । आमा मिरा पनि घर सफा गर्न थालिन् । धेरै बर्षपछि घरमा हुन थालेको दिपावली धुमधामका साथ मनाउने उनीहरुको योजना थियो ।

    आफूलाई टुलुटुलु बाहेक केही गर्न नसक्ने छोरा बिना दिपावली नगरेका उनीहरुले आईतवार नेपालमा संविधान जारी हुने खुसीयालीमा दिपावली गर्न थालेका हुन् । ‘ मेरो घरमा पनि दिपावली होला भन्ने सोचेकै थिईन, तर छोराको सपना पुरा भएकै दिनमा दिपावली गर्न पाएँ’ पिताले खुसी व्यक्त गरे ।

    दिपावलीमा समेत रमझम नहुने मुकेशको घरमा संविधान घोषणाको अवसरमा दिपावलीको आयोजना गर्ने चहलपहल थियो । यसअघि मुकेशको बिषययमा हालचाल बुझ्न जाँदा भावुक देखिने कृष्णलाल र उनकी श्रीमती मिरा कायस्थ आईतवार खुसी देखिन्थे । ‘ मेरो छोराले जुरुक्क उठेर मामु भनेर बोलाए भन्दा पनि धेरै खुसी भएकी छु ‘ आमा मिराले खुसी व्यक्त गरिन् । बुबा स्टोर कोठावाट दिपावलीका लागि तयार पारेको बत्ति निकाल्दै आफ्नो छोरोको रगतको मूल्य मिलेको बताउँदै खुसी बने ।

    जनआन्दोलन भाग-२ मा सहभागी हुने क्रममा घाईते बनेका मुकेश कायस्थको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएपनि उनी हिडडुल, बोलचाल गर्न नसक्ने अवस्थामा छन् । २०६२ साल चैत्र २७ गते आन्दोलनमा सहभागी भैरहेको समयमा उनको कंन्चटमा गोली लागेको थियो । राजधानी

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र