• Breaking News

    9.21.2015

    प्रचण्डको भारतलाई सन्देश : हाम्रो सम्मान गर, अनि तिम्रो सम्मान हुन्छ

    असोज ४
    काठमाडौं –  एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले नेपालको चासो र चिन्तालाई सम्मान गर्न छिमेकी भारतसँग आग्रह गरेका छन् । संविधान निर्माण प्रक्रियामा भारतको देखिने गरि असन्तुष्टि आएपछि प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।
    नयाँ संविधान जारी भएको उपलक्ष्यमा नेपाली काँग्रेस, नेकपा (एमाले) तथा एकीकृत नेकपा (माओवादी) ले सहिद मञ्चमा आव्हान गरेको विशेष खुशीयालीसभामा प्रचण्डले आफुहरु एस म्यान भएर नबस्ने समेत बताए । ‘हाम्रा छिमेकी मित्रले पक्कै पनि सम्मान खोजेका छन् । हामी भन्छौँ हाम्रो स्वतन्त्रततालाइ सम्मान गर्नेले मात्र उसको स्वतन्त्रतताको सम्मान पाउछ ।’ प्रचण्डले भने, ‘विश्व इतिहासले देखाएको मान्यता पनि यहि हो । छिमेकीसँग विेशष सम्न्ध पनि छ । एक अर्काको भावना र चाहानलाई ठिक ढंगले बुझने कोशिष गर्नुपर्छ । २१ शताव्दीमा राष्ट्रको सम्बन्ध परिभाषा पनि यहि हो ।’

    प्रचण्डले आफुहरु भारतीय चासो चिन्ता सम्बोधन गर्न तयार भएको र भारतले पनि त्यहि खालको व्यवहार देखाउनुपर्ने बताए । ‘भारतीय नेता र सरकारको असल मित्रका रुपमा जायज चासो चिन्तालाई सहयोग गर्न तयार छौँ, भारत सरकार र जनताले पनि नेपालका चिन्ता र चासोलाई आबश्यक सहयोग गर्नुपर्छ । हामी कसैको पनि एस म्यान कहिल्यै भयनौँ, कहिल्यौ हुने छैनौँ,’ प्रचण्डले भने ।
    प्रचण्डले तराई मधेशमा आन्दोलनत दल र अन्य समुदायलाइृ वार्ताको माध्यमबाट समस्याको हल गर्न सकिने बताए । प्रचण्डले आफ्नो पार्टी उनीहरुले उठाएको मागको पक्षमा लडने् विश्वास पनि दिलाए । ‘मधेश, थारु, आदीवासी हकको कुरा उठछ । हामी त्यहि भएको महसुस हुन्छ । संघीय लोकतान्त्रिक गणतन्को संविधान ऐतिहासिक परस्थितिको उपज हो । मधेशी जनसमुदायका धेरै माग सम्बोधन भएका छन् ।’ प्रचण्डले भने, ‘संघीयता सवैभन्दा बढी मधेशी जनतालाई प्राप्त भएको छ । अरु जातीलाई भन्दा मधेशी जनतालाई पहिचान भएको छ समावेशीको मुद्धा सम्बोधन भएको छ । नागरिकताको मुद्धा समाधान भएको छ । सीमाङ्का विषय पनि वार्ता र संवादबाट हल हुन सक्छ । तपाईहरुका मुद्धा संविधान घोषण पछि पनि वार्ताको टेलुवबाट समाधान गर्न सकिने छ । हाम्रो पार्टी तर्फबाट तपाईहरुको पक्षमा जाजय मागको पक्षमा लडने छ । जाजय चिन्ताका पक्षमा लडने विश्वास दिलाउदै वार्तामा आउन अपिल गर्दछु ।’
    प्रचण्डले टुँडिखेलबाट भारतलाई यसरी चुनौती दिए
    ratopati

    1 comment:

    1. स्वस्थ्य मन - मस्तिस्क ऋशिमन कै भाषा बोल्यो यसपालि...

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र