• Breaking News

    9.21.2015

    खुलामञ्चबाट भारतलाई ओलीको झटारो– यो संविधान कस्को ?

    सोमबार, ४ असोज
    संविधान पल्टाएर हेरेपछि मात्र गुनासो गर्न आग्रह
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको लामो आकंक्षा पुरा भएको बताएका छन् । सरकारले संविधान जारी भएको उपलक्ष्यमा खुलामञ्चमा आयोजना गरेको विशेष सभामा बोल्दै अध्यक्ष ओलीले नेपाली जनताको गणतन्त्रको चाहना पुरा गरेको र जनताका प्रतिनिधिद्धारा बनेको संविधान अत्यन्तै बलियो भएको बताए ।
    उनले नेपालमा संघीयता सुरु भएको र यस्तो अभ्यास बाँकी रहेको बताए । अध्यक्ष ओलीले पछाडि परेका वर्ग र समुदायलाई अघि ल्याउनकालागि विशेष व्यवस्था भएकाले यो संविधान नेपालको इतिहाँसमै सबैभन्दा उल्कृष्ट संविधान भएको दाबी गरे । उनले समानुपातिक विकासकालागि संविधानले धेरै व्यवस्था गरेको बताए ।
    उनले नेपाली सभाजको विविधतालाई ख्याल गरेको उल्लेख गरे । अध्यक्ष ओलीले राष्ट्रिय एकताकालागि भौगोलिक अखण्डता रक्षा गर्दै विकासमा अघि बढ्न अब सहज हुने बताए ।
    यस्तोबेला भावनामा बग्ने बेला नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले थारुवान र मधेसमा समस्या भए विभिन्न आयोग मार्फत् समाधान गर्न सकिने बताए । उनले संविधान परिवर्तनशिल भएकाले जनताको आवश्यकता अनुसार संविधान परिवर्तन हुने बताए ।
    उनले यतीबेला मुलुकले खुसीयाली मनाउनुपर्नेबेला केही भुभागमा यसको विरोध गर्नु अस्वभाविक भएको बताए । उनले सबैले खुसीयाली मनाउनुपर्ने बताए । उृनले समस्या भए वार्तामा आउन आग्रह गर्दै जायज मागको तत्काल सुनुवाई गरिने बताए ।
    उनले आफु पनि लामो समय जेल बसेर आएको उल्लेख गर्दै आफु लोकतन्त्रकालागि जेल बसेका, कुनै मान पदवि र उपाधिकालागि नभएको बताए । उनले घोषणा भएको संविधान पल्टाएर हेरेर आफ्नो अधिकार प्राप्न नभएको भए आफुसँग कुरा गर्न आउन आग्रह गरे । उनले छिमेकी देशलाई पनि जवाफ दिएका छन् ।
    उनले आफ्नो देशको स्वाभिमानलाई कायम राखेर पछमेकसँग मित्रका कायम गर्ने बताए । उनले छिकेमीका बारेमा अन्य कुरा सोच्न नसक्ने बताए ।
    उनले देशको स्रोत साधानको प्रयोग गर्न पनि छिमेकीसँग पनि मिल्न सक्ने बताए । उनले संविधान बनाउन ढिलो गरौं भन्ने हरुलाई आफुहरुले संविधान बनाएर जवाफ दिएको बताए ।
    अध्यक्ष ओलीले यो संविधान नेपालीको भएको र नेपाल विकासकालागि यो संविधान ल्याइएकाले छरछिमेकले पनि यसलाई स्विकार गर्नुपर्ने र स्वागत गर्नुपर्ने बताए । अध्यक्ष ओलीले संविधान जारी गर्न सहयोग गर्ने सवै देशी विदेशी केन्द्रहरु र आम नेपाली जनतालाई शुभकामना समेत दिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र