• Breaking News

    9.21.2015

    कैलाली पुन. तनावग्रस्त, प्रहरी चौकीहरुमा आगजनी,लम्कीमा बम बिस्फोट

    कैलाली, ४ असोज ।
    कैलाली जिल्ला आज पुन.तनावग्रस्त भएको छ । जिल्लाको दुईवटा प्रहरी चौकी र एक गाविस कार्यालयमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् ।
    पवेरा गाविस छोट्की पलियामा रहेको प्रहरी चौकी र रतनपुर गाविसमा रहेको रामपुर प्रहरी चौकीमा आगजनी गरेका छन् । त्यस्तै पहलमानपुर गाविस कार्यालयमा पनि आगजनी गरेका छन् ।
    कैलालीको लम्कीमा आज बिहान बम बिष्फोट भएको छ । आज बिहान लम्की चुहा नगरपालीका २ लम्की बजार मुकेश कम्पलेक्स नजिक बम बिष्फोट भएको हो । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र