काठमाडौं-जातजाति, भाषाभाषी, क्षेत्र, समुदाय र भूगोलका नाममा भइरहेका अहिलेका लडाइँ, झगडा, आन्दोलनबाट मुलुकले मुक्ति पाउँदैं पाउँदैंन बरु समस्याको चाङ मात्र थपिने हो । वर्गीय दृष्टिकोण र त्यसैका आधारमा समस्या समाधान नै सबै विषमता हल गर्ने एउटा मात्र माध्यम हो ।' थुप्रै थारु तथा दलित युवतीको आदर्श शान्त चौधरी वर्तमानमा देखिएको आन्दोलन र जातिगत महत्कांक्षाको समाधान यसरी सुझाउछिन् ।
प्रष्ट सामाजिक, राजनीतिक दृष्टिकोण राख्ने उनी पारिवारिक रुपले निकै असजिलो झमेलामा फसेकी छिन् । आफ्नै छोराकी फेसबुके फ्रेण्डलाई बाबुले कान्छी बनाएर भित्र्याएपछि नपत्याउदो असजिलोमा अल्भिmएकी हुन् । वर्गीय आन्दोलनलाई जातीय र क्षेत्रीय मुद्धाले छपक्क पारेको मुलुकमा अनावश्यक बलिदान र आगजनीको वातावरण बनेको ठम्याइ भएकी शान्ता दुःखका बेला साथमा रहेका श्रीमान हिरालालले आफूभन्दा १७ वर्ष कान्छी युवतीलाई फेसबुके लभबाट घरमै लिएर आएपछि तनावमा पर्नु स्वभाविकै हो ।
थारुलगायत आर्थिक, सामाजिक तथा शिक्षाका हिसाबले तल परेका वर्गलाई मौलिक रीतिरिवाजदेखि भाषाको समेत संरक्षण गरी मूलधारमा ल्याउन राज्यले नीतिगत घोषणा गर्नुपर्ने मान्यताकी शान्ता एसएलसी पास गर्नासाथ रोल्पाकी दलित युवती आफ्नो पतिसँग लागेको थाहा पाएर आश्चर्यचकित भइन ।
पूर्ण निरक्षर उनका श्रीमान हिरालाल ५ वर्षदेखि वैदेशिक रोजगारीमा थिए । त्यतिबेलै छोरा अनिलको फेसबुक फ्रेण्ड रहेकी सानु निहालाई साथी बन्न निम्ता पठाए । भर्खरै फेसबुक बनाउन सिकेकी सानुले तत्कालै हिरालालको निम्ता स्वीकारिन । त्यसपछि विस्तारै हिरालालको अग्रसरतामा यी दुईबीच कुराकानी हुन थाल्यो ।
विदेशमा रहेका हिरालालले फेसबुकबाटै देखाएको अनेकथरि रंगीन सपनामा सानु मिसिदैं गइन । यता शान्ता भने त्यतिबेला कहिले संविधानसभा त कहिले थारु समुदायको अधिकारमा सडकमा नारा लगाइरहिन ।
साथैं दुई जना छोराछोरीको स्याहार र शिक्षाको जिम्मेवारी पनि निर्वाह गरिरहेकी थिइन । ५ महिनाअघि हिरालाल फर्किए । त्यसपछि श्रीमानसँग बस्ने शान्ताको सपना र बाबाको काखमा लुटुपुटिने दुई सन्तानको चाहना फ्याट्ट्रै त्यागेर हिरालाल रोल्पाबाट दाङ आई अध्ययनरत २३ वर्षे दलित फेसबुक साथीको खोजीमा लागे ।
एक महिनाअघि घरमै भित्र्याए । सिउँदोमा सिन्दुर लगाएकी युवती श्रीमानसँगै घर भित्रिएपछि सानै उमेरदेखि अर्काको घरमा कमलरी बसी दुःखपूर्ण जीवन गुजारेकी शान्ताको मन कसरी थामियोस ? बिखलबन्दमा परिन र बेस्सरी रोइन । भन्छिन्, 'मैले पहिलेजस्तो समय दिन सकिन, त्यसैले यस्तो भएको हुन सक्छ, अब हाम्रो आर्थिकदेखि सामाजिक हैशियत पनि सुधि्रएको छ, त्यसैले सँगै बसेर दाम्पत्य जीवन फेरि राम्ररी चलाउन सकिन्छ ।'
दुई सन्तानको भविष्य र पतिको पुराना माया, साथ सहयोग सम्भिmएर अहिले पनि उनलाई बिखण्डनको मुखमा पुगेको परिवार जोडिनेमा विश्वास छ । स्नातक पढ्दै गरेकी युवतीले आफूभन्दा १७ वर्ष जेठा दुई सन्तानका बाबु र अशिक्षितसँग किन यसरी बिहे गरिन भन्ने चाहिँ नबुझिने गाँठोका रुपमा कस्सिएको छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

No comments:
Post a Comment