काठमाडौं, भदौ २३
डिभी पिआरधारी कर्मचारीका विरुद्ध धावा बोलेका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूलाई पिआर-पिआर लिने कलाकारको माया नलाग्ने र नगर्ने बताएका छन्। मंगलबार र्याडिसन होटलमा आयोजित गीतकार प्रमिला भण्डारीको भिडियो एल्बमको विमोचन गर्न पुगेका मन्त्री पण्डितले कलाकारको डिभी-पिआर मोहप्रति संकेत गर्दै आफ्नो असन्तुष्टि पोखेका हुन्। नेपाली कलाकार भन्ने अनि अमेरिकामा पेट्रोल भर्ने डिपार्टमेन्ट स्टोरमा लुगा पट्याउने काम गर्ने प्रवृत्ति आफूलाई मन नपरेको बताए।
त्यस्तै उनले संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति रहेका शम्भुजित बाँस्कोटालाई लक्षित गर्दै भने, ' मैले देखिरहेको छु नेपाल सरकारले विशिष्ट श्रेणीमा राखेको, अहिले सरकारी पद दिएको संगीतसँग आवद्ध मान्छेलाई र सरकारले त्यत्रो माया गरेको मान्छेलाई किन डिभी ग्रिनकार्ड चाहियो? किन ग्रिनकार्ड बोकेर बस्ने? अरू देशको संविधानप्रति किन वफादार हुने? नेपालको संविधानप्रति वफादार हुनुपर्दैन्?'
यस बारेमा बोलिरहँदा पंण्डितको बोलीमा आक्रोश सुनिन्थ्यो। उनले अगाडी यसो भने, ' मन्त्रीभन्दा एक-दुईसय कम होला तलब। मन्त्रीसरह तलब भएको मान्छेलाई किन चाहियो ग्रिनकार्ड? नेपालप्रति विश्वास छैन्? नेपालीप्रति विश्वास छैन्? जहाँ गएपनि जहाँ रहेपनि नेपाल सरकारको एक रुपयाँ खानेलाई म छोड्दिन। कि देश छोड्नुस किन विदेश?'
त्यस्तै उनले कलाकारहरुलाई 'संसारभर जानुस नेपालको नाम उँचो राख्नुस् तर जता गयो उतै नहराउनुस्। म खुशी हुन्न' भने। कार्यक्रममा उनीसँगै अभिनेता जीवन लुईंटेल जो पंण्डितकै गाँऊका हुन पनि सहभागी थिए। जीवन पनि पछिल्लो समय ग्रिनकार्ड बनाउने दाउमा निरन्तर प्रयासरत: छन्। उनीसँग मन्त्रीको भनाइको प्रतिक्रिया लिन खोज्दा यसबारेमा केही नबोल्ने बताए।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

No comments:
Post a Comment