एजेन्सी – पश्चिमी अफ्रिकी मुलुकमा अनियन्त्रित यौन क्रियाकलाप र हस्तमैथुनका कारण घातक इबोला भाइरस नियन्त्रणमा आउन बाधक बनेको छ । सेरारियालिओनमा इबोला संक्रमणबाट निको भएका पुरुषहरुको बीर्यबाट पुन संक्रमण फैलिएको हुन सक्ने जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस घातक महामारी यसै बर्षको अन्त्यतिर निर्मूल हुने आशा गरेको थियो, तर रोग संक्रमित क्षेत्रमा इबोला निरन्तर देखिएको छ ।
डब्लुएचओका इबोला सम्बन्धी जबाफदेयी निकायका प्रमुख ब्रुस अयालवार्डले इबोला संक्रमणबाट बाँचेका पुरुष संक्रमितहरुमा संकेत देखिना साथ परीक्षण गर्न सुझाब दिए । आफ्नो बीर्यबाट रोग नसर्ने खतरा रहुन्जेल नियमित परीक्षण गर्ने र यौन सम्पर्क नगर्न समेत उनको सुझाब छ । न्यु इग्ल्यान्ड जर्नल अफ मेडिसियनमा प्रकाशित गर्न लागिएको एक अध्ययन अनुसार इबोला संक्रमणबाट बाँचेका करिब २ सय जनामा ६ महिनापछि पनि उनीहरुको बीर्यमा संक्रमण देखिएको उल्लेख छ । संक्रमित भएर उपचार भएकाहरुमा यौन अनियन्त्रणका कारण यस्तो समास्या आएको बताइन्छ ।
यसअघि संक्रमितहरु तीन महिनासम्म बेग्लै बस्नुपर्ने बताइए त्यो भन्दा बढी समय एक्लै रहनुपर्ने विज्ञहरुले बताउन थालेका छन् । ‘संक्रमितहरु उपचार भएको तीन महिनासम्म बेग्लै बस्नुपर्छ भन्ने पुरानो सल्लाह अब प्रयोगमा आउन छोडको छ, ’ अध्ययनमा सहभागीमध्येका एक चिकित्सक भन्छन् ।‘वीर्यमा निरन्तर इबोला भाइरस देखिएका मानिसहरु अनुमान गरे भन्दा बढी देखिए। अध्ययनका बारे आफ्नो नाम बताउन नचाहने ती अधिकारीका अनुसार इबोलाको संक्रमण सेक्सको अतिरिक्त हस्तमैथुनबाट पनि भएको छ । ‘यौनले मात्र खतरा निम्त्याएको छैन, त्यो भन्दा बढी खतरा त बीर्यले निम्त्याएको छ,’ अध्ययनबारेमा पत्रकार सम्मेलनमा बोल्दै अयालवार्डले भने ।
महामारीलाई अन्तर्राष्टिय प्रयत्नमा पूर्ण रुपमा निर्मूल गरे पनि अझै पनि केही इबोलाका संक्रमित देखिनुमा वीर्यबाट नै रोग सरुवा भएको हुन सक्ने विज्ञहरको कथन छ । ‘ यो भाइरस र यसको महामारी अझै पनि डरलाग्दो अवस्थामा छ । नियन्त्रणका जति सुकै प्रयत्नहरु चाल्दा पनि यसको निर्मूल हुन सकेको छैन ।’
गत महिना सियरा लिओनको उत्तरी सिमानामा एक ६७ वर्षीय महिलाको इबोलाको संक्रमणपछि मृत्यु भएपछि रोगको संक्रमण पुन फैलिएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment