• Breaking News

    9.11.2015

    जनकपुरमा दुईको मृत्यु, २० जनालाई गोली लाग्यो

    शुक्रबार, २५ भदौ
    धनुषा । स्थानीय प्रशासनले लगाएको कफ्र्यु अबज्ञा गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसाग भएको झडपमा परि दुई जना आन्दोलनकारीको मृत्यु भएको छ ।
    प्रहरीको गोली लागेर २० जना भन्दा बढी घाइते भएका छन् । प्रहरीको गोली लागी सबैलाका स्थानीय बिनोदकुमार साह र जमुनिया घर भएका २४ वर्षीय नितु यादबको मृत्यु भएको हो ।
    उनीहरुलाई उपचारकालागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । प्रदर्शनकारीले जनकपुर क्षेत्रलाई चारैतिरबाट घेरा हाल्ने योजना बनाएको सुचना पछि प्रशासनले बिहानैदेखि कफ्र्यु लगाएको थियो ।
    चारै तीरबाट घेरा हाल्ने योजना पुरा हुन नदिन प्रशासनले लगाएको कफ्यु तोड्न ढोंगा शिबपुराबाट आएका प्रदर्शनकारीहरु जनकपुर चुरोट कारखानाबाट नगर प्रवेश गरेका थिए ।
    प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । यती गर्दा पनि तनाव भएपछि प्रहरीले रबरको गोली प्रहार गरेको थियो । उक्त गोली लागि २० भन्दा बढी आन्दोलनकारी घाइते भएका हुन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र