• Breaking News

    9.01.2015

    भित्रै शौचालयको सुविधा भएको बस संचालनमा



    काठमाडौँ, १५ भदौ । बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस नेपाली बजारमा भित्रिएको छ । विगत छ वर्षदेखि पर्यटक बस सञ्चालन गर्दै आएको डेविट टुर्स एन्ड ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको दोश्रो हप्तादेखि सञ्चालनमा ल्याएको हो । तीसजना यात्रु क्षमता भएको बस हाल पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ–पोखरा रुटमा चलेको ट्राभल्सका सञ्चालक दीपक भट्टराईले जानकारी दिए  । हालसम्म काठमाडौँ–पोखरा बाटोमा चल्ने सामान्यखालका पर्यटकीय सवारी साधन चले पनि यो बसमा शौचालयका लागि बाहिर जान झन्झट गर्न नपर्ने सञ्चालक भट्टराई बताउछन्  ।

    उनले भने –“निःशुल्क वाइफाई, पानी, पत्रपत्रिका र फोल्डिङ सिट रहेकाले आरामदायी यात्रा गर्न सकिन्छ ।” स्विस प्रविधिबाट निर्माण गरिएका ती बस भारतबाट खरिद गरेर नेपाल भित्र्याएको उनले जानकारी दिए  । लामो दूरीको यात्राका लागि बस अत्यन्त प्रभावकारी हुने सञ्चालक भट्टराईले बताए  । शौचालयको सुविधा भएको यो बसको काठमाडौँदेखि पोखरासम्मको भाडादर रु एक हजार तोकिएको र सहुलियत कार्ड लिने यात्रुलाई केही सस्तो सेवा प्रदान गर्ने ट्राभल्सले जनाएको छ । आधुनिक समयको माग अनुसार आयात गरिएको सो पर्यटकीय बसको मूल्य रु ८० लाख देखि ९० लाख सम्म पर्ने सञ्चालक भट्टराई बताउछन्  ।



    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र