• Breaking News

    9.01.2015

    चल्दाचल्दैको चलचित्र हलबाट झिकिएपछि निखिल उप्रेती तनावमा


    मंगलबार, भाद्र १५,
    चल्दाचल्दैको चलचित्र हलबाट झिकिएपछि नायक, निर्माता, निर्देशक निखिल उप्रेती तनावमा परेका छन । उप्रेतीले आफ्नै चलचित्र वितरकविरुद्ध मुद्धा समेत हालेका छन ।

    पाँच वर्षपछि नेपाली सिने उद्योगमा फर्किएका उप्रती आफैले निर्देशन तथा अभिनय गरेको चलचित्र ‘भैरव’ को विषयलाई लिएर मुद्धामामिलामा गएका हुन । भदौ ११ गतेदेखि भैरव प्रदर्शन भइरहेको छ ।

    चलचित्रले उत्साहजनक व्यापार गरिरहेका बेला राजधानीका केहि मल्टिप्लेक्सबाट ‘भैरव’ हटाइएको भन्दै निखिल रिसाएका हुन ।  उनी  निर्मातासंघको ढोका ढक्ढक्याउन पुगेका छन् ।

    निखिलले सोमबार निर्मातासंघमा निवेदन दर्ता गराएपनि अहिलेसम्म वितरकका तर्फबाट कुनै प्रतिकृया नआएको बताएका छन् ।


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र