• Breaking News

    9.01.2015

    राजेन्द्र महतोले ५० लाख दिने आश्वासन दिएपछि मृतक ठाकुरको शव आफन्तले बुझे



    रौतहट, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी आन्दोलनका क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका राजकिशोर ठाकुरको शव आज उनका परिवारले बुझी लगेका छन् ।
    सदरमुकाम गौरस्थित कवीर चोकमा आन्दोलनका क्रममा दङ्गाग्रस्त घोषित क्षेत्रमा प्रहरीको गोली लागी मठिया गाविस– ६ बस्ने २४ वर्षीय ठाकुरको मृत्यु भएको थियो ।
    मृतकलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्तिको माग राख्दै मोर्चा र मृतकका परिवारले शव बुझ्न नमानेकामा जिल्ला सुरक्षा समन्वय समितिले सहिद घोषणा तथा अन्य प्रक्रिया पूरा गर्न गृहमन्त्रालयमा पत्राचार गरेपछि शव बुझेर अन्तिम सद्गतका लागि लगेको प्रहरी उपरीक्षक प्रद्युन्न कार्कीले बताउनुभयो ।
    उहाँका अनुसार जिल्ला सुरक्षा समन्वय समितिको बैठकले मृतक ठाकुरलाई सहिद घोषणाका लागि प्रक्रिया सुरु गरेको छ ।
    मृतक ठाकुरलाई सहिद घोषणा, आश्रित परिवारलाई क्षतिपूर्ति तथा परिवारमध्ये एकजनालाई रोजगारीसहित पाँचबुँदे माग मोर्चाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसँग राखेको थियो । केही दिन पहिले मोर्चाले आन्दोलनमा मरे शहिद घोषणा गराउने र ५० लाख क्षतिपूर्ति दिने घोषणा गरेको थियो ।


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    1 comment:

    1. गुणडागर्दि, भ्ष्टाचारी, कमिशनखोर जस्ता शब्द यिनिहरुकै पर्यायवाची हुन् । अब ५० लाख नदिएर सुख । भर्छन् नि बरु नगद या चेक कसरी पो भुक्तान गर्ने हुन् सोझा जनताको प्रति टाउकोको मुल्य ५० लाख सिंगै ।।

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र