• Breaking News

    8.24.2015

    खुँडा र भाला रोपेर टीकापुरमा हिंसा फैलाउन दुई साताअघिको उद्घोष यस्तो थियो

    काठमाडौं । कतिपय सभासद्ले तराईमा अकल्पनीय घटना गराउने चेतावनी दिएको केही दिनमै कैलालीमा प्रहरीका उच्च अधिकारीलगायत सुरक्षाकर्मीहरूलाई भाला रोपेर मार्नुले योजनाबद्ध रूपमै यस्तो घटना भएको पुष्टि भएको गृहमन्त्री वामदेव गौतमले दाबी गरेका छन्

    सोमबार कैलालीको टीकापुर घटनापछि संसदमा बोल्दै गौतमले यस्तो दाबी गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । कैलालीमा बिहानदेखि नै उत्तर, दक्षिण, पूर्व, पश्चिम चारैतिरबाट भाला, खुकुरी, बन्चरो, हँसियाजस्ता घरेलु हतियार लिएर आएका व्यक्तिले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई घेराबन्दी गरी निर्ममतापूर्वक हत्या गरेको जानकारी गृहमन्त्रीले संसद्मा दिए। एसएसपी लक्ष्मण न्यौपानेलाई भाला रोपेर आगो लगाउँदै मारेको र अन्य सुरक्षाकर्मीलाई पनि त्यसरी नै निर्मतापूर्वक हत्या गरिएको उनले बताए।

    विधानसभाको आइतबार बसेको बैठकमा संघीय थरुहटका सभासद् रुक्मणी चौधरीले अब जनता भालासहितका हतियार लिएर उत्रने चेतावनी दिनुका साथै दुई साताअघि कांग्रेस सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताले पहाडीलाई खुँडा र भाला रोप्दै लखट्ने घोषणा टीकापुरमै गरेका थिए। सुरक्षाकर्मीमाथि आक्रमण गर्नेहरूले सर्वसाधारणको घरमा लुकेर आ श्रय लिएको दाबीसमेत गौतमले संसद्मा गरे।

    रौतहटको गौरमा पनि दक्षिणसहित चारैतिरबाट भाला, डन्डालगायतका हतियार लिएर सरकारी कार्यालयमा आक्रमण भएको उनले बताए। सर्लाहीलगायत अन्य तराईका जिल्लामा पनि त्यस्तै आक्रमण गर्ने योजना रहेको जानकारी गृहमन्त्री गौतमले दिए। आक्रमणमा बिभत्ससँग मारिएका कतिपय सुरक्षाकर्मी चिन्नसमेत नसकिने अवस्थामा रहेको गौतमले बताए।
    निन्दनीय र असामान्य : प्रधानमन्त्री
    प्रधानमन्त्री सुशील कोइरालाले कैलालीलगायतका जिल्लामा सोमबार भएका घटना संविधान, लोकतन्त्र र विकासको बाधक रहेको बताएका छन्।
    उनले संसद्मा भने, ‘आज कैलालीलगायतका ठाउँमा भएका घटनाले आमनेपालीलाई चिन्तित र संवेदनशील बनाएको छ। संविधानमा सबैको भावना समेटिएको छ र अझै पनि यो कार्य जारी छ।’
    आफूले राष्ट्रका नाममा सन्देश दिएको भोलिपल्टै यस्तो निन्दनीय घटना हुनुलाई सामान्य रूपमा लिन नसक्ने उनले बताए। गृहमन्त्रीले घटनाबारे आवश्यक जानकारी दिइसकेको हुँदा सामाजिक सद्भाव खल्बलिने कार्य सबै क्षेत्रबाट रोक्न प्रधानमन्त्रीले अपिल गरे।
    ‘म विनम्रताका साथ अनुरोध गर्छु, कैलालीको टीकापुरमा जस्तो घटना रोकौं, यसका लागि हरप्रयास गरौं,ु उनले भने । संविधान नआओस् भन्दै बिथोल्ने कार्य ठिक भएन भन्दै उनले थपे, ‘७० वर्षदेखि जनताले चाहेअनुसार संविधान निर्माण कार्य अहिले अन्तिम अवस्थामा पुगेको छ।
    उत्तेजना होइन, सामाजिक सद्भाव र धार्मिक सद्भावले नै संविधान निर्माण पूरा हुन्छ ।’ उनले संविधान पत्थरको लकिर नभएको उल्लेख गर्दै आवश्यकताअनुसार संशोधन हुनसक्ने बताए।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    2 comments:

    1. Dhoti haru lai dhoti kai desh maa pataunu parcha ani thaha huncha chor haru lai.prithvi narayan shah lay ek singo nepal banaunu bhayo jaha gautam buddha ko janmasthali bhaney ra chinin cha.ra ra sab jaat haru ek jhut bhayea ra milay ra basay ko hamro desh maa kata bata jaat bhati ko kura liyea ra desh lai bhadnu khojay ko salay chor dhoti haru lay.pahadi maa pani sabai jaat ko manchey haru cha ra terai maa pani .sabai jana ek nepali nai ho jaat matra parak rahey pani.aru deah ko agadi ma nepali nai bhaney ra chincha kya ray.desh bikash garnu paryo kaam ko rojgari chahiyk bhaney ra chai andolan garnu paryo.desh lai tukrauney kura maa hoina.

      ReplyDelete
    2. Dhoti haru lai dhoti kai desh maa pataunu parcha ani thaha huncha chor haru lai.prithvi narayan shah lay ek singo nepal banaunu bhayo jaha gautam buddha ko janmasthali bhaney ra chinin cha.ra ra sab jaat haru ek jhut bhayea ra milay ra basay ko hamro desh maa kata bata jaat bhati ko kura liyea ra desh lai bhadnu khojay ko salay chor dhoti haru lay.pahadi maa pani sabai jaat ko manchey haru cha ra terai maa pani .sabai jana ek nepali nai ho jaat matra parak rahey pani.aru deah ko agadi ma nepali nai bhaney ra chincha kya ray.desh bikash garnu paryo kaam ko rojgari chahiyk bhaney ra chai andolan garnu paryo.desh lai tukrauney kura maa hoina.

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र