काठमाडौं, ८ भदौ । थारू नेताहरूले सोमबारको कैलाली घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनीहरूले आन्दोलनमा घुसपैठ भएको स्वीकार्दै शान्तिपूर्ण आन्दोलनको पक्षमा आफ्नो प्रतिवद्धता जनाएका छन् ।
दुई सातादेखि जारी थरूहट संघर्षलाई वेवास्था गर्दै मुख्य दलहरूले मनलाग्दी संघीय प्रदेश थोपरेको, आफ्नै आवाज नसुनेको सन्दर्भमा अनपेक्षित घटना भएको भन्दै बैठकले त्यसको जिम्मा राज्यले लिनुपर्ने बताएका छन् ।
सोमाबार रातिसम्म सिंहदरबारमा बसेको थारू सभासद संघर्ष समिति, थारू कल्याणकारीणी सभा, थरूहट संयुक्त संघर्ष समितिको बैठकले संविधानसम्मत शान्तपूरुण आन्दोलन भएको दाबी गर्दै चारै तिरबाट प्रहरीले घेरा हाल्दा प्रतिकार भएको निष्कर्ष निकालेको समाचार कान्तिपुर दैनिकले छापेको छ।
थारू कल्याणकारी सभाका अध्यक्ष धनीराम थारूले घुसपैठबाट यस्तो घटना भएको भन्दै त्यसलाई आन्दोलन तुहाउने षणयन्त्रका रूपमा अर्थ्याए ।
को बाट घुसपैठ भयो भन्ने प्रश्नमा उनले खुलाउन चाहेनन्। ‘हाम्रो आन्दोलन तुहाउन षणयन्त्र भएको छ, हामी सतर्क भएका छौ। हाम्रो आन्दोलन रोकिदैन, शान्तिपूर्ण आन्दोलन चलाउँछौ,’ उनले भने।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
8.24.2015
Home
Unlabelled
कैलालीको थारु आन्दोलनमा यसरी भयो घुसपैठ, थारु नेताहरू अनिभिज्ञ
No comments:
Post a Comment