• Breaking News

    8.16.2015

    १२ वर्षीय बालिकालाई जंगल लगेर यौनसम्पर्क राख्दा…

    सुनसरी, ३१ साउन । प्रेममा मान्छे अन्धा हुन्छन् भन्ने चलन छ र यो यथार्थ पनि हो । यसलाई थप प्रमाणित सुनसरीमा भएको घटनाले गराउँछ ।
    घरमा श्रीमती हुँदाहुँदै १२ वर्षीय बालिकासँग प्रेममा परेपछि एक वयस्क युवक अहिले कानुनको फन्दामा परेका छन् । प्रेमको उत्कर्षमा बालिकासँग शारीरिक सम्बन्ध राखेका ईनरुवा नगरपालिका–७ घर भई हाल धरान १० स्थित डेरा गरि बस्ने ३२ बर्षीय साजिद अन्सारीलाई बलात्कारको मुद्दा लागेको छ ।
    उनले १२ वर्षीय प्रेमिकालाई जंगल लगेर शारीरिक सम्पर्क राखेका थिए । पहिला काका भतिजीको साइनो लगाउँदै आएका यी दुई पछि प्रेमी जोडि बनेका थिए । शारीरिक सम्पर्क राखेपछि परिवारले जबरजस्ती करणी गरेको आरोपमा प्रहरीमा मुद्दा दर्ता गरायो ।
    बालिकाले पनि प्रहरी वयानमा जबरजस्ती शारीरिक सम्पर्क राखेको बताएपछि उनी कानुनी फन्दामा परेका हुन् । उनलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र