३१ साउन, काठमाडौं।
पण्डित दीनबन्धु पोखरेलको बाबुरामलाई प्रश्न, ‘आफैं पूजा गर्नेले मेरो बुबाको किन हत्या गर्नुभयो त अंकल ?
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला !
भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला !
‘क्रान्तिकारी कमरेड’ बाबुराम भट्टराई प्रखर विद्वान नेता हुनुहुन्छ । मेरो बुबाको साथी पनि हो । उहाँलाई म अंकल नै भनेर सम्बोधन गर्छु ।
मैले सुनें उहाँले आफ्ना बुबाको ८४ मा पूजापाठ गर्नुभयो रे । मेरो बुबा पण्डित नारायण पोखरेल उहाँहरुकै जनयुद्ध नामको हिंसात्मक आन्दोलनमा मारिनुभयो । के कारणले उहाँको अवशान गराउनुभयो त्यसको जवाफ प्रचण्ड–बाबुराम र सरकार पक्षले अझै दिएको छैन ।
हत्यामा संलग्नमाथि कारबाही वा उनीहरुले दुःख पाउन भन्ने मनसाय मेरो छैन । तर मेरो बुबाको हत्या के कारणले गरिएको थियो, त्यसको चित्तबुझ्दो जवाफ हामीलाई चाहिन्छ । शान्तिले संसार जित्छ र हिंसाले हार्छ भन्ने मान्यता मेरो हो । मेरो बुबाको सन्देश पनि त्यही थियो ।
मेरो बुबा आत्यत्मिक ज्ञानको प्रचारक मात्र होइन । सामाजिक अभियन्ता हुनुहुनथ्यो । उहाँ माओवादीविरोधी वा सरकार पक्षको मान्ने हुनुहुन्थेन । तर पनि उहाँको दुःखद अवशान गराइयो ।
मलाई के लाग्छ र सबैलाई लागेको कुरा पनि के हो भने मेरो बुबाको अवशानको एक मात्र कारण थियो, हिन्दू धर्मप्रतिको आस्था र विश्वास । त्यही आस्था र विश्वासका कारण उहाँको अन्त गरिएको हो भन्नेमा कसैको दुईमत हुँदैन होला भन्ने मेरो दृढ अडान हो । ढिलै भए पनि बाबुराम अंकलको सदबुद्धि आएछ । मैले सुनें उहाँ आफैं जग्गेमा बसेर भगवानको पूजाअर्चना गर्नुभएछ ।
तस्वीरहरुमा पनि मैले त्यो कुरा देखें । त्यसमा खुसी छु । किनकी हत्या र हिंसाको राजनीतिले संसार जित्छु भनेर हिंडेको मान्छे आज ईश्वरको शरणमा आएको छ ।
बाबुरामले यो उमेरमा आएर बुझ्नुभएछ कि संसार युद्ध र हिंसाले होइन, शान्ति र सदबुद्धिले जितिन्छ भन्ने । अरुले भन्लान उहाँ बिग्रनु भयो । आध्यात्मववादको कट्टर आलोचक र भौतिकवादका पूजारी बाबुराममा वैचारिक स्खलन आयो । तर म त्यसो कपादि भन्दिन । मत के भन्छु भने उहाँमा बल्ल वैचारिक सद्बुद्धि आएछ, बल्ल उहाँले मानव जीवनको मर्म बुझ्नु भएछ ।
मानिसले जवानीमा जे सुकै गरोस् जीवनको अन्तिम क्षणमा पुग्ने भनेको ईश्वरकै शरणमा हो । मलाई विश्वास छ अन्ततोगत्वा बाबुराम मात्र होइन, प्रचण्ड, मोहन वैद्य, बादल, विप्लव सबै इश्वरप्रति समर्पित नै हुनेछन् ।
विज्ञानका महान आविष्कारक अल्बर्ट आइन्सटाइनजस्ता व्यक्तिमा गीता पढेपछि आध्यात्मवादतर्फ आकर्षित हुनुभएको थियो । जीवनभर भगवानलाई गाली गर्दै हिंड्ने महाकवि देवकोटा जीवनको उत्तराद्र्धमा पशुपतिनाथको शरणमा गएको त सबैलाई थाहै भएको कुरा हो ।
अन्तिममा वैचारिक रुपमा फेरिएका मेरो प्रातःपुजनीय बाबुराम अंकललाई १० औंला जोडेर के बिन्ती छ भने अब त कम्तिमा मेरो बुबाको हत्याको कारण प्रष्ट पारिदिनुस् । हिजो पो तपाईँ आफूलाई नास्तिक हुनुमै गर्व गर्नुहुन्थ्यो ।
आज त तपाईं पनि हाम्रो मान्यतामा आइपुग्नुभएको छ । के नारायण पोखरेल तपाईंको साथी होइन ? पूजापाठ गरेर मात्र तपाईंले प्रायस्चित गरेको म ठान्दिन्
। यदि तपाईंले साँच्चै प्रायश्चित गर्ने हो भने तपाईंसँग क ख रा पढेको साथीको तपाईंकै अगुवाईमा भएको हिंसात्मक आन्दोलनमा अनाहकमा ज्यान गएको विषयमा सार्वजनिक रुपमा बोल्नुस् ।
तपाईं र प्रचण्डले नयाँबजारमा मलाई बोलाएर हामी सरकारमा गएपछि त्यसको सत्यतथ्य छानबिन गर्छौं भन्नु भएको थियो । त्यसपछि प्रचण्ड र तपाईं दुवैजना प्रधानमन्त्री बन्नुभयो । तर नारायण गुरुको अवशानको विषयमा किन छानबिन गर्नुभएन ?
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
aba ta jati gare pani 2 goru haru jane narka nai ho tehi pani narka jada mathi question garda pani answer ta dinai parcha so yeha vanidiye aru le pani sunthiye holan vanne ho yes guru je lai marne goru ko ta pakka ticket really cha
ReplyDeleteनारायण पाेख्रेल मारिदा हामीलाइ निकै दुख लागेकाे हाे । मैले नारायण पाेख्रेलकाे हत्या मा दुइ पक्षलाइ शंका गरेकाे थिएँ । एक ने.क.मा. माअाेबादी ( कारण मालिसहरूलाइ धार्मिक अाध्यात्मिक भावनामा उमाल्न , उछाल्न , अाकर्षण गर्न अति सक्षम भएकाे हुँदा अाफ्नाे राजनैतिक अभीष्ट पूरा हुनमा अबराेधका रूपमा खडा भएकाे भन्ने महसुस गरिएकाेले ) । दुइ कट्टर तथा अनुदार हिन्दु मार्गी ( कारण नारायण पाेख्रेलले भन्ने गर्नुहुन्थ्याे , बंगुरकाे मासु खान हुने र सुङ्गुरकाे मासु खान नहुने हाेइन । बँदेलकाे मासु खान हुने , सुंगुरकाे मासु खान नहनुे हाेइन । हिजाे अाजका ब्राह्मणहरू कतै बँदेल काे शिकार भन्ने सुने पछि हुरूक्क हुन्छन् । सुङ्गुर खान हुदैन भन्छन् । सुँगुरकाे मासु त यस कारण नखाइएकाे हाे कि याे विष्णु भगवानकाे वाराह अवतार हाे । बँदेल पनि बाराह अवतार नै हाे । अतह खाए सबै खानु नखाए केही नखानु भन्ने सन्देश नारायण पाेख्रेलकाे थियाे यसमा कट्टर तथा अनुदार हिन्दुहरूले पनि नारायण पाेख्रेलकाे हत्यामा जाेडिन अाउने सम्भावना मैले देखेकाे थिएँ । भर्सेला पराेस , यस्ताे नहाेस ।
ReplyDelete