एजेन्सी, ३१ साउन–योगगुरु बाबा रामदेवले पाकिस्तानीहरुले एक भारतीयको शिर काटे भने आफूहरुले दुई पाकिस्तानी सैनिकको शिर काट्नु पर्ने बताएका छन् ।
भारतीय स्वतन्त्रता दिवसको अवसरमा उनले पाकिस्तानलाई सबक सिकाउने भन्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
शनिबार हरिद्वारमा भएको कार्यक्रममा उनले भने, ‘स्वतन्त्रता दिवसको दिन पनि पाकिस्तानले सीमापारिबाट फायरिङ गरिरहेको छ । उसलाई सबक सिकाउनु जरुरी छ ।’
शनिबार कश्मिरमा पाकिस्तानी सैनिकले चलाएको गोलीबाट पाँच भारतीय नागरिकको मृत्यु भएको थियो । त्यस्तै २० भन्दा बढी घाइते बनेका छन् । भारतले स्वतन्त्रता दिवस मनाउँदै गर्दा भएको यस प्रकारको आक्रमणको चौतर्फि निन्दा गरिएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment