मानिस जन्मदाको तिथी, घडी, पला र नक्षत्रको आधारमा नामाकरण गर्नुका साथै बिभीन्न राशीहरु तय गरिएको हुन्छ । यसका साथै ज्योतिष शास्त्र अनुसार मानिस जन्मिएको बारको आधारमा समेत मानिसका बिचारहरु , स्वभावहरु र भाग्य के कस्ता हुने भन्ने व्याख्या गरिएको छ । जस अनुसार आइतबार देखि शनिबारसम्मका बेग्लाबेग्लै बारमा जन्मिएका मानिसका भिन्न भिन्न स्वभाव र बानी व्यहोरा हुन्छन भन्ने विश्वास गरिन्छ । तपाइ पनि जान्नको लागि हेर्नुहोस कुन बारमा जन्मेका मानिसका स्वभाव कस्ता हुन्छन ।
आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२. आइतबार जन्मने मानिस अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहनुहुन्छ ।
४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर हुनुहुन्छ तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु उल्टो तपाईंसँग रिसाउने गर्दछन् ।
सोमबार
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. सोमबार जन्मेका मानिस मृदुभाषी हुन्छन र निकै मुडी पनि हुन्छन ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
मंगलबार
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
बुधबार
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ
३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
बिहिबार
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भनेकै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
शुक्रबार
१. शुक्रबार जन्मेका व्यक्तिको मन ,मश्तिष्क दुवै निकै राम्रो हुने गर्दछ ।
२. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्दछ ।
४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला भए पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
शनिबार
१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. तपाईं निकै मेधावी र बुद्धिमान हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने हरेक कुराहरुमा क्लास पर्सनालिटी झल्काउँछ ।
४. तपाईं सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
५.तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
६.तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
No comments:
Post a Comment