शाहरुख खानसँग अभिनय गरेर आमिर र सलमान खानसँग नगरेको भन्ने चर्चा बलिउडमा चलेपछि दिपिकाले यस्तो खण्डन गरेकी हुन् ।
दिपिकाले सलमान खानसँग अभिनय गर्न पाउनु भाग्यको कुरा भएको बताउँदै आफूले कहिल्यै पनि सलमानसँग अभिनय नगर्ने नबताएको पनि स्पष्ट पारेकी छिन् ।
यस अघि बलिउडमा सलमानको पछिल्लो चलचित्र 'किक' मा दिपिकाले अभिनयको प्रस्ताव अस्वीकार गरेको चर्चा चलेको थियो ।
दिपिकाले भने आफूले कहिल्यै पनि यस्तो प्रस्ताव अस्वीकार नगरेको र भाग्यले जुराएको दिनमा सलमानसँग अभिनय गर्ने बताएकी छिन् ।
No comments:
Post a Comment