सोलुखुम्बुको फाप्लु विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज ठूलो दूर्घटनाबाट बचेको छ।
आइतबार बिहान करिब साढे ९ बजे फाप्लुबाट काठमाडौका लागि ५ जना सभासदसहित १५ यात्रु बोकेर उड्न लागेको नेपाल एयरलाइन्सको ९ एन बियु विमान यात्रु चढिसकेपछि उड्न लाग्दा इन्जिनमा खराब भएको थियो।
विमानको इन्जिनमा खराबी आएपछि फाप्लुमै ग्राउन्डेड भएको छ। उडान भर्नका लागि धावन मार्गमा गुड्दै गर्दा एक्कासी इन्जिनमा समस्या भएपछि जहाज ग्राउण्डेड भएको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ।
बिमानमा संविधान सभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव सम्बन्धि संसदीय विशेष समितिका संयोजक लक्ष्मणलाल कर्ण, सदस्यहरु रामनारायण बिडारी, भानुभक्त ढकाल, कमलप्रसाद पंगेनी, रेखा शर्मालगायत संसद सचिवालयका कर्मर्चारीहरु सवार थिए।
गत संविधानसभामा निर्वाचनमा भएको धाँधली सम्बन्धी छानबिन गर्न गठित संसदीय टोली सोलुखुम्बु पुगेर फर्कने क्रममा इन्जिनमा खराबी आएको हो।
बिग्रिएर ग्राउन्डेड जहाज मर्मतका लागि नेपाल एयरलायन्स काठमाडौंबाट ईन्जिनियर सहितको टोली फाप्लु बिमानस्थलमा झिकाइएको प्राधिकरणले बताएको छ।
No comments:
Post a Comment