• Breaking News

    11.09.2014

    सपनामा यी जनावर देख्नु भो भने मालामाल हुन्छ

    शास्त्रमा सपनाका अर्थबारे चर्चा गरिएको छ । कुन सपना देखे कस्तो हुन्छ भन्ने ब्याख्या गरिएको छ ।
    यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला ? यहाँ सपनामा चरा देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

    सपनामा हात्ति देख्नु भो भने यो निक्कै राम्रो मानिन्छ । हात्तिमा लक्ष्मी सवार हुने हुँदा हात्ति सपनामा देख्नु शुभ भएको ज्योतिष शास्त्रको भनाइ छ ।


    सपनामा भै‌सी देख्नु भो भने मिश्रित फल मिल्छ । यो निक्कै अशुभ पनि होइन तर शुभ पनि होइन ।
    सपनामा घोडा देख्नु भो भने यसको सुख सम्पति हात लाग्न संकेत गर्छ ।

    गिद्ध सपनामा देख्नु भो भने तपाइँलाई समस्या पर्न सक्छ । शोख वा नकारात्मक समाचार सुन्ने समयमा यस्ता सपना देखिन्छन् ।
    मयुर देख्नु भो भने पनि तपाइँलाई शुभ फल मिल्छ । मयुरमा शनि सवार भएको देख्नु अझै राम्रो मानिन्छ ।


    त्यस्तै सपनामा कौवा देख्नु भो भने यसले तपाइँलाई सुख शान्ति हरण हुने संकेत दिन्छ । ज्योतिष शास्त्रमा सपनामा कौवा देख्दा परिवारमा वादविवाद हुने र अपमान आइलाग्ने उल्लेख छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र