• Breaking News

    11.09.2014

    सुस्मिता सेन पनि नेपाल आउँदै

    काठमाडौं, कात्तिक २३,
    पछिल्लो समय बलिउड कलाकारहरु विभिन्न सिलसिलामा नेपाल आउने क्रम बढ्दै गएको छ । पछिल्लो समय बलिउडमा चर्चित हस्तिहरु नेपाल आइसकेका छन्।



    गत शनिबार बलिउड अभिनेत्री रविना टण्डन नेपाल नेपाली गहनाको र्‍याप शोमा ‘शो स्टपर’ बन्न आएकी थिइन्। यही सूचिमा बलिउडकी चर्चित नायिका सुष्मिता सेन पनि थपिएकी छन। सुस्मिता कात्तिक ३० गते न्युरोडको एक गहना पसलको उद्घाटनको लागि नेपाल आउन लागेको बताइएको छ।



    उनले पसल उद्घाटनसँगै नेपालका केही रमणीय स्थलहरुको भम्रण गर्ने पनि बुझिएको छ।पूर्व मिस युनिभर्ससमेत रहेकी सेनसँगै पछिल्लो समय आमिर खान, अक्षय कुमार, अनुपम खेर, जिया खान, अरशद वार्सी जस्ता बलिउड कलाकार नेपाल आइसकेका छन।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र