काठमाडौं, कात्तिक २३
बिहिबार आफ्नो निवासमा झुण्डिएको अवस्थामा मृत भेटिएका निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित अन्तिम फिल्म ‘अझै पनि’ को गीत सार्वजनिक भएको छ। संयोगवंश सोहि दिन सिनेमाको गीत रिलिज भएको थियो।
सार्वजनिक गरिएको सेन्टिमेन्टल गीतमा अभिनेता सुर्दशन थापाले अभिनय गरेका छन्। सिनेमामा रहेका गीत मध्ये यो गीत आलोकको सबैभन्दा प्रिय गीत रहेको जानकारी निर्माता एवं अभिनेता सुर्दशन थापाले दिएका छन्।
सार्वजनिक गीतका रचनाकार विजय सिवाकोटी हुन भने संगीतकार सचिन सिंह र स्वर राजु तामाङको हो।
विशुद्ध गाँउले परिवेशमा निर्माण गरिएको ‘अझै पनि’की मुख्य नायिका पूजा शर्मा हुन जसमाथि फिल्मको कथा घुमेको छ । नयाँ र पूराना कलाकारहरुको जमघट रहेको फिल्म आउँदो फाल्गुन १५ देखि प्रर्दशन हुँदैछ ।
हेर्नुस् स्याड भर्सनको अझै पनि गीत ‘ के कुरा कस्ले तिमिलाई सुनायो…
No comments:
Post a Comment