बाराको उनी बस्दै आएको जंगलमा बेला बेलामा विवादीत घटना घटाउँदै चर्चामा आएका रामबहादर सिन्धुपाल्चोकमा आउँदा त्यहाँका स्थानियले असुरक्षा भएको आरोप लगाएर उनलाई तपस्या गर्न दिएका थिएनन् ।
बम्जन सिन्धुपाल्चोकमा बसुनजेल त्यहाँ चोरीका घटना बढेको भन्दै स्थानियले प्रशासन गुहारेका थिए भने बारामा पनि उनका विरुद्ध बेला बेलामा स्थानिय आन्दोलित बन्ने गरेका छन् ।
बम्जनले आफुलाई २१ औं शताब्दकिो बुद्ध अवतार भएको दाबी गर्दै आएका छन् । बम्जनलाई बुधबार रामलाल बम्जनको नामबाट लिइएको उनको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले प्रदान गरे ।
बुधबारै प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न पुगेका बम्जनले बाराको हलखोरीया वनलाई धार्मिक वन क्षेत्र घोषणा गर्न माग समेत गरे ।
प्रधानमन्त्री कोइरालाले स्थानिय प्रशासनसँग सोधेर सोहै अनुसार गर्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै विवादीत नहुन आग्रह समेत गरेको बताइएको छ ।
बम्जनको तपस्याबारे विश्वभर नै हल्ला भएकाले उनलाई कुनै संस्थाले विदेस घुमाउन लाँदै छ । अब उनी कहाँ पुगेर ध्यानमग्न हुनेहुन्, त्यो भने केही दिनमै पत्तालाग्ला ।
No comments:
Post a Comment