• Breaking News

    10.23.2014

    प्रचण्डले शेर्पाहरुलाई भने–आन्दोलनका लागि तयार रहनुहोस्

    काठमाडौं, ६ कात्तिक । एमाओवादी अध्यक्ष प्रचण्डले सत्ता साझेदार कांग्रेस–एमालेले संघीयतामा खेलाँची गरिरहे आरोप लगाउनु भएको छ ।
    नेपाल शेर्पा संघका प्रतिनिधिसँग लाजिम्पाटस्थित निवासमा बिहीबार भेट गर्ने क्रममा उहाँले ती दुई दलले ४–५ वटा प्रदेशको कुरा ल्याएर संघीयतामा खेलाँची गरेको आरोप लगाउनु भएको हो ।
    ‘कांग्रेस–एमालेले संघीयता नचाहेको प्रष्ट हुन्छ,’ उहाँले भन्नुभयो, ‘सत्तारुढ दल यही ढंगले अगाडि बढे राज्य पुनर्संरचनामा कुरा मिल्दैन । त्यसपछि पहिचान र संघीयता पक्षधर आन्दोलनमा जानुको विकल्प रहँदैन ।’
    प्रचण्डले शेर्पाहरुलाई आन्दोलनको लागि तयार रहन आग्रह समेत गर्नुभएको थियो । उहाँले १० प्रदेश बहुपहिचानका आधारमा भए शेर्पालाई समेट्नेसमेत  बचन दिएको सहभागी एक नेताले जानकारी दिनुभयो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र