• Breaking News

    10.29.2014

    शाहरुखलाई गीत चोरीको आरोप

    एजेन्सी मुम्बई, कात्तिक १२

    बलिउडका महानायक अमिताभ बच्चनलाई अमेरिकी अदालतले उपस्थित हुन दिएको आदेशको खबर सेलाउन नपाउँदै अर्का बलिउड अभिनेता शाहरूख खानलाई पनि ‍अदालतले कानुनी सूचना जारी गरेको छ। उनी हालै प्रदर्शनरत सिनेमा ‘ह्यापी न्यू इयर’को एक गीतका कारण कानुनी झमेलामा परेका हुन।

    सिनेमाभित्र रहेको ‘शराबी’ बोलको गीत बिना अनुमति सिनेमामा प्रयोग गरिएको भन्दै सूरज नाम गरेका गायकले शाहरूख खानको फिल्म प्रोडक्शन कम्पनी ‘रेड चिलिज’लाई उक्त सूचना पठाएका हुन्।

    कानुनी सूचना पठाउने सुरजले सो गीत आफ्नो भएको र त्यसको कपीराइट पनि उनीसँग नै रहेको दाबी गरेका छन। उनका अनुसार सो गीत सन २०१२मा आरडीबी ग्रुपले रिलिज गरेको हो।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र