• Breaking News

    10.29.2014

    बलात्कारी किर्तिमान पक्राउ

    १२ कात्तिक, मोरङ ।

     तिहारको समयमा घरमा एक्लै भएको मौका छोपेर मध्यराति १३ वर्षीया बालिकालाई बलात्कार गर्ने एक प्रौढलाई प्रहरीले पक्राउ गरेको छ ।

    मोरङको मधुमल्ला–२ घर भएका ४७ वर्षीय कीर्तिमान राईलाई पीडित परिवारको किटानी जाहेरीमा पक्राउ गरिएको हो ।   तिहारमा भाइटीकाको रात घरमा एक्लै भएका बेला रक्सी खाएर पुगेका राईले डरत्रास देखाएर बालिकालाई बलात्कार गरेका थिए ।     पीडित बालिकाले भोलिपल्ट परिवारलाई घटनाबारे सुनाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिइएको थियो ।

    आरोपी राईलाई सोधपुछका क्रममा आफूले रक्सीले मातेको सुरमा बलात्कार गरेको स्वीकार गरेका छन् । हाल पीडित बालिकाको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।   यसैगरी, धर्म छोरीलाई यौन दुराचार गर्ने गरेको आरोप लागेपछि फरार भएका विराटनगर–११ का गोपाल शर्मालाई प्रहरीले पक्राउ नगरेको भन्दै मानव अधिकारकर्मी संस्थाले विरोध गरेका छन् ।

    पूर्वाञ्चल मानव अधिकार सञ्जालमा आबद्ध एक दर्जन गैरसरकारी संस्थाले मङ्गलबार फरार आरोपी शर्मालाई पक्राउ गर्न माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । आरोपित शर्मा ट्रेड युनियन काँग्रेस मोरङका अध्यक्ष हुन् । रासस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र