• Breaking News

    10.29.2014

    आँधी आउन थालेपछि सरकारदुवारा सूचना जारी (विज्ञप्ति सहित)

    १२ कात्तिक, काठमाडौँ ।
     भारतीय उपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको भनिएको निलोफर नामक समुद्री तुफानका बारेमा सर्बसाधारणलाई सचेत गराउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो साँझ एक विज्ञप्ति जारी गर्दै निलोफर तुफानप्रति सरकारको गम्भीर ध्यानआर्षण भएको समेत जनाएको छ । बिज्ञप्तिमा भनिएको छ “हुदहुद   नामक समुद्री तुफानको प्रभावको कारण केही समय अघि अनपेक्षित हिमपातबाट मनाङ, मुस्ताङ,  पर्वत लगायतका जिल्लाहरुमा ठुलो संख्यामा पर्यटक पथप्रदर्शक तथा सर्वसाधरणको ज्यान गएको र हराई रहेको तितो यथार्थको गहिरो घाउ पुरिन नपाउदै पुन त्यस्तै विनाशकारी निलोफर नामक समुद्री तुफान भारतीयउपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको सूचना प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गम्भीर बनेको छ ।”

    प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले बिज्ञप्तिमार्फत सो तुफानबाट असर पर्न सक्ने सम्भावित ठाउ“हरु मध्ये अत्यधिकवर्षा हुन सक्ने  हिमपात हुन सक्ने एवं हुरी बतास र आँधी आउन सक्ने स्थानहरुको पहिचान गरी जानकारी गराउन भनेको छ ।

    आवश्यक सुचनाहरु सञ्चारमाध्यममा जानकारी गराउन सरकारले आग्रह गरेको छ ।
    यस्तो छ बिज्ञप्ति

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र