काठमाडौं, असाजे २३ – युनिसेफको पोषण कार्यक्रममका लागि दक्षिण एशियाली क्षेत्रको सद्भावना दूतमा नियुक्त भएका चर्चित नायक आमिर खान र नेपाली क्रिकेटका कप्तान पारस खड्का मिलेर सुनौला हजार दिन नामक अभियान सुरु गरेका छन् ।
नेपालमा दीर्घ कुपोषण ४१ प्रतिशत बालबालिकाहरुमा देखिएको बेला त्यसलाई घटाउन बिहीबारबाट बिहीबारै यो अभियान सुरु गरिएको हो । याक एन्ड यति होटलमा आयोजित कार्यक्रममा खड्का र खानले ‘सुनौला १००० दिनहरु’ नारा लेखिएको ब्यानरबाट पर्दा हटाएका थिए।
कार्यक्रममा बोल्दै अमिर खानले भने, ‘कुपोषणबाट लडिरहेका बालबालिकामाथिको असैह्य असमानता हटाउन म यो अभियान मार्फत हाम्रा बालबालिकाले पाउनुपर्ने कुरा दिनका लागि काम गर्नेछ ।’
आमिर खानले आंकडा सहित दक्षिण एशियाका देशहरुमा रहेको कुपोषणको समस्या सम्बोधन गर्दै हजार दिने अभियानको आवश्यकता औंल्याएका थिए।
अभियानका सद्भावना दुत तथा नेपाली क्रिकेट कप्तान पारस खड्काले पनि हजार दिनको अभियान आजैबाट सुरु भएको भन्दै बाकिँ दिनमा कुपोषण हटाउन आआफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताए। खड्काले भने, ‘अभियानको आज पहिलो दिन हो र अबको ९ सय ९९ दिनमा आशा गरौं हामी कुपोषणलाई दक्षिण एशियाबाटै हटाउन सक्नेछौं।’
उक्त अभियानले आगामी हजार दिनमा दीर्घ कुपोषणलाई ४० बाट ३० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।
फरक प्रसंगमा अमिरले भाषामा सहज भए र मन छुने कथा भए नेपाली फिल्म पनि खेल्ने बताएका थिए । उनले भने, भाषा सहज भए म नेपाली फिल्म पनि खेल्छु। नेपाली फिल्म खेल्नका लागि नेपाली बोल्नुपर्ने हुन्छ। मलाई लाग्दैन म यो गर्न सक्छु।
उनले भाषा नआई अभिनय राम्रोसँग गर्न नसकिने बताएका थिए । उनले भने, मेरो लागि विश्व एउटै हो। म विश्वलाई विभिन्न देशका रुपमा हेर्दिनँ। कथाले छोयो भने म यसको भाग हुन चाहन्छु। तर मैले भाषा पनि जानेको हुनुपर्छ। यही एउटा क्राइटेरिया छ।
उनले मन छुने कथा भए कुन पनि भूमिकामा जुनसुकै देशको फिल्म खेल्ने बताए ।
No comments:
Post a Comment