• Breaking News

    10.07.2014

    ऋतिकको ‘ब्याङ ब्याङ’ले कमायो २०० करोड

    एजेन्सी मुम्बई, असोज २१
    मुम्बई, बलिउड फिल्म 'बैंग बैंग'ले पाँचौ दिनमै वर्ल्डवाइड २ सय करोड़ भारतीय रूपैयाँको कारोबार गरेको छ।
    बलिउड स्टार रितिक रोशन तथा कैट्रीना कैफको यो फिल्मले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड बनाएको हो। यसले बलिउडका २ सय करोड कलेक्सन गर्ने उत्कृष्ट १० फिल्ममा परेको छ।
    भारतमा यसले १५६ करोड (ग्रस) रूपैयाँभन्दा बढी कारोबार गरेको छ। यस्तै फिल्मले भारतबाहेकका मुलुकमा करिब ४५ करोडको ब्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ।
    फिल्मको कुल आम्दानी २०१.५१ करोड़ भएको बताइएको छ। निर्माण पक्षका अनुसार फिल्मले यो पटक मध्य पूर्व, यूके, यूएस, अस्ट्रेलिया तथा पाकिस्तानमा उत्कृष्ट ओपनिङ गर्दै नयाँ रेकर्ड बनाएको हो।
    यसअघि रितिकै 'कृष ३' ले पनि २०० करोडको व्यापार गरेको थियो। यस्तै कैट्रीनाको फिल्म 'धुम ३', 'जब तक है जान' र 'एक था टाइगर' पनि २०० करोडको ब्यापार गर्न सफल भएका थिए।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र