• Breaking News

    9.25.2014

    प्रचण्डले सीके राउतको समर्थन गर्दै भने– देश पहाडिया सामन्तले विगारेका हुन्

    काठमाडौ, ९ असोज । एमाआवादी अध्यक्ष प्रचण्डले देश टुक्र्याउने अभिव्यक्ति दिने डा. सीके राउतलाई रिहा गर्न माग गर्नुभएको छ ।
    पार्टी कार्यालय पेरिसडाडाँमा बिहीबार भएको एक कार्यक्रममा प्रचण्डले यस्तो माग गर्नुभएको हो ।
    उहाँले राजतन्त्र फर्काउनुपर्छ भन्नेलाई बोल्न दिएको भन्दै राउतले बोलेकै भरमा पक्राउ गर्नु नहुने तर्क गर्नुभयो ।
    उहाँले राउतको पक्राउको विरोध गर्दै आत्मणिर्यको अधिकार हुनुपर्छ भन्ने आवाज पहिलो संविधानसभामा पनि कुरा उठेको स्मरण गराउनुभयो ।
    ‘अहिले छुट्टिने अधिकार हुनुपर्छ भन्दैमा पक्राउ गरेर सरकारले कसैलाई हिरो बनाउने काम गर्नु गलत छ,’ उहाँले घुमौरो पाराले राउतको समर्थन गर्नुभयो ।
    प्रचण्डले देशको रक्षा मधेसीले गरेको भन्दै उनले पहाडिया सामन्तले नै देश विगारेको आरोप लगाएसमेत लगाउनुभयो ।
    via -dainiknepal

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र