• Breaking News

    9.25.2014

    तिन पुरुष र १० महिला यौन क्रियाकलाप गर्दा गर्दै पक्राउ

    १८ भदौ, पर्सा ।

    पर्सामा तिन पुरुष र १० महिला यौन क्रियाकपाल गरिरहेको अवस्थामा पक्राउ परेका छन् । पर्सा प्रहरीले वीरगन्जका बिभिन्न स्थानमा छापा मारेर यौन अखडाबाट आपत्तिजनक अवस्थामा १३ जनालाई पक्राउ गरेको हो ।

    वीरगन्जको बसपार्क, भंसार र लक्षमणवा क्षेत्रमा छापा मारेर अवैध यौन अखडा सञ्चालन हुँदै आएको ठाउँबाट उनिहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका अवैध यौन धन्दामा संलग्नहरुलाई वडा प्रहरी कार्यालय श्री पुर र जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


    यसैबीच इलाका प्रहरी कार्यालय, सेढवाका घुमुवा सुरेन्द्रप्रसाद कलवार र प्रहरी चौकी पीडारीगुठीका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार खड्काबीच लेनदेनको विषयलाई लिएर कुटाकुट परेको छ ।

    इलाका प्रहरी कार्यालय, सेढवा परिसरमा मंगलवार उनीहरबीच कुटाकुट भएको प्रहरी स्रोतले जनाएको छ ।

    भारतबाट अवैध सामान भित्र्याउने समूहमध्ये भागवाला टोलीले दिएको रकम प्रसनि कुमार खड्काले लिएको र सोको भाग इलाका घुमुवा सुरेन्द्रले पनि मागेपछि विवाद भएको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र