• Breaking News

    9.25.2014

    नौ महिनापछि फर्किदै दीपकराज गीरी

    २०७१ असोज ९ गते
    हाँस्य टेलिश्रृङखला ‘तीतो सत्य’ का निर्देशक एवं कलाकार दिपकराज गिरी नौ महिनापछि पुनः कार्यक्रममा देखिने भएका छन् । उनको आफ्नै ब्यानरमा बनाएको फिचर फिल्म ‘छ एकान छ’  रिलिजपछि उनि ‘तीतो सत्य’ मा देेखिन छाडेका थिए । धेरै समय र लगातार टेलिभिजनमा देखिनु पनि घातक हुनसक्छ भन्दै केही समय टेलिभिजनवाट ब्रेक लिएको धारणा राख्ने गीरि अब नीरन्तर आउने बताउछन् ।
    ‘धेरै देखिदा दर्शकलाई वाक्क लाग्न सक्छ नेदेखिनु पनि दर्शकले बिर्सन सक्छन्, त्यहि भएर भोलीको भागदेखी आउछु ।’ दिपकले भने । ‘छ एकान छ’ को सफलतापछि अर्को फिल्म ‘वडा नम्बर छ’ बनाउने तयारीमा रहेका दिपक सोही फिल्मको कामको सिलसिलामा हराएका थिए ।
    नयाँ फिल्मको स्त्रिmप्ट लेखन, निर्देशक एवं कलाकार छनौटका कामले हराएका दिपकले त्यहि विचमा ‘छ एकान छ’ को हिसाब किताब पनि गरेका थिए । यी सब काम गर्न नौ महिना खर्चिएका दिपक सिनेमालाइ साइड जब मान्छन् ‘सिनेमा त मेरो साइड जब हो  वास्तविक धरातल त सिरियल नै हो ।’ उनले भने ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र