• Breaking News

    9.20.2014

    लिम्वुवान राज्य घोषणाको माग गर्दै झापामा र्‍याली

    झापा, ४ असोज । अरुण पुर्वका नौ जिल्लालाई आफ्नो स्वामित्वमा राख्नुपर्ने, लिम्वुवान राज्य घोषणा गर्नुपर्नेलगाएतका माग राख्दै आएका लिम्वुवान पार्टी नेपालले शनिबार झापाको विर्तामोडमा र्‍याली निकालेको छ ।
    झापाको विर्तामोड स्थित नँया बसपार्कबाट शुरु भएको उक्त ¥यालीले विर्तामोडका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
    शनिबार नै विर्तामोडको वसपार्कमा हुने भनिएको लिम्वुवानको घोषणासभामा सहभागी हुन गाउँगाउँबाट कार्यकर्ताहरु आएका थिए ।
    गत साउन २१ गते भेडेटारमा भएको पाँच लिम्वुवान बिचको पार्टी एकतापछि पहिलो पल्ट लिम्वुबानका घोषणासभा हुन लागेको हो ।
    घोषणा सभामा लिम्वुवान नेताहरु कुमार लिगदेन मिरक,सञ्जुहाग पालुगाँ ,चन्द्रकुमार शेर्मा लगाएतले सम्वोधन गर्ने कार्यक्रम छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र