काठमाडौं । पछिल्लो समय नेपाली समाजमा बिदेशी सस्कारले खुबै गाँजेको छ । यहाँ ठूलठूला पार्टीहरुमा इङलिस र हिन्दी गीतसंगीतमा नाच्ने र त्यस्तै फेसन गर्ने कुरा त सामान्य भइसकेको छ ।
इरानमा भने ६ जना युवाहरुलाई अमरीकी गायक फेरेल विलियम्सको गीत ‘ह्याप्पी’ को धुनमा नाचेकोमा दोषी ठहर गर्दै ९१ कोर्रा र एक वर्ष जेल सजाय सुनाइएको छ ।
इरानका ६ जना युवायुवती अमेरिकी गायक विलियम्सको धुनमा नाचेको भिडियो सार्वजनिक भएपछि त्यहाँको प्रशासनले उनीहरुलाई उक्त सजाय सुनाएको बीबीसीले उल्लेख गरेको छ ।
उनीहरुको सजाय भने तीन वर्षका लागि थाँती राखिएको छ । तीन वर्षमा उनीहरुले यस्तै क्रियाकलाप देखाएमा उक्त कारबाहीको भागिदार हुनुपर्नेछ ।
ईरानमा महिला र पुरुष सँगै नाच्नु र महिलाले बुर्का नलगाई बाहिर निस्कनु इस्लामिक कानुनको उल्लंघनको रुपमा लिइन्छ । ‘ह्याप्पी वी आर फ्रम तेहरान’ भन्ने उक्त भिडियो युट्युबमा १० लाख भन्दा बढीले हेरिसकेका छन् ।
9.20.2014
world
No comments:
Post a Comment