• Breaking News

    9.20.2014

    दलित युवकसँग छोरीको विवाह हुने पक्का भएपछि....

    पाल्पा, ४ असोज । दलित युवकसँग छोरीको विवाह हुने पक्का भएपछि स्याङ्जाका एक जोडीले तनाव भोगेका छन् ।
    स्याङ्जा जिल्लाको अलामदेवी–५, लसगाबेसीका २३ वर्षीय सन्तोष लम्साल विक र अलामदेवी–१ की २० वर्षीया रेखा पाण्डेबीच विवाह गर्ने सहमति भएपछि तनाव भएको हो । कुनै पनि विहे हुन नदिन माइतीपक्ष पाल्पा आएका छन् ।
    केटापक्षले छोरीलाई अपहरण गरी लगेको भनी माइतीपक्षले स्याङ्जाको जयपति इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा राखेको थियो ।
    केटाकेटीको जोडी पहिला बुटवलको फूलबारीमा विवाह गर्ने योजनामा रहेकामा अहिले पाल्पाको अमरनारायणमा विवाह गर्ने तयारीमा रहेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र