काठमाडौं जिल्ला अदालतबाट एक थुनुवा बिहीबार हत्कडीसहित फरार भएका छन्। प्रहरी वृत महाराजगन्जबाट म्याद थपका लागि अदालत ल्याउँदै गर्दा दीपक क्षेत्री भागेका हुन्। उनी बलात्कारको मुद्दामा साउन २६ पक्राउ परेका थिए। दोस्रो पटक म्याद थपका लागि अदालत लैजाने क्रममा उनी फरार भएका हुन्।
उनलाई म्थाद थपका लागि २ जना प्रहरीले अदालत लैजाँदै गर्दा उनी सुरक्षा घेरा तोडेर भागेको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले जानकारी दिए। मध्यान्ह भागेका उनलाई साँझसम्म पक्राउ गर्न सकिएको छैन्। उनको खोजी कार्य भइरहेको छ। उनलाई अदालत ल्याउने २ प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। दुई प्रहरीको नाम प्रहरीले खुलाएको छैन्।
No comments:
Post a Comment