लेखकः दिल निसानी मगर
तपाई एउटा कुरा के ख्याल राखनुस भने-अहिले पहिचान को आधार मा जातीय राज्य खोज्नेअधिकांश मानिस नेपालि होइनन् l युरोप को बिभिन्न जगा बाट फेसबुकमा भुक्ने जातिवादीहरु संग नेपाली नागरिता छैन l नेपाली पासपोर्ट छैन l उनिहरु तिब्बतियन वा भुटानी शरनार्थीको रुपमा युरोप को कार्ड सुबिधा लिएका छन् l यसमा तिब्बतियन रिफौजी हरु पनि छन l यिनलाई पश्चिमा मुलुक ले स्थायी बसोबास को कार्ड र रासनपानी दिएको छ कि क्रिश्चियन बनेर नेपाल पस्ने सर्त मा l यसको उदाहरण को रुप मा पस्चिमा का दलाल र डलरबादी आङकाजि शेर्पा लगायत हरु जनजाति आन्दोलन को नाम मा पुर्ब बडा-महाराज धिराजलाइ युध्ह अपराधी घोषणा गर्नु पर्छ भनेका छन l नेपाल को राष्टिय झण्डा फेर्नु पर्छ भनेका छन् l गाइ काटेर खान पाउने पर्ने माग राखेका छन् l यसबाट प्रस्ट हुन्छ कि गुदी कुरा कुन गर्भ बाट बिकास भई रहेको छ l के यो युग मा आएर पृथ्वी नारायण शाहको मानहानी गर्नु उचित हो ? नेपाल को झण्डा मात्र किन देश कै नाम फेर्ने कि ? धार्मिक अधिकारको नाम मा खुलमखुल्ला गाइ काटेर खादा अन्य समुदायको मानब अधिकार हनन भएँन ? क्रिश्चियन धर्म ले राजनीति गर्न बन्देज गर्छ l यिनीहरु नक्कली नेपालि र नक्कली क्रिश्चियन हुन l त्यसकारण एन.आर .एन ले उठाउदै आएको दोहोरो नागरिता लाइ कुनै पनि हालत मा स्वीकार गर्नु हुदैन l अन्यथा उनीहरु नेपाल पसेर जात र धर्म को नाम मा बितण्डा मच्चाउने छन् l यदी तपाई कोहि आफ्नो देश लाइ बचाउन चाहनु हुन्छ भने युरोप मा बसेर कति पैसा कमाउने हो कमाउनु होस् तर अन्तत; त्यहा को नागरिता त्यागेर नेपालि बन्नु होस् l हामि सबै को अन्तिम गन्तब्य आर्यघाट नै हो l देश बच्यो भने हाम्रो पुस्ता बच्च l त्यसकारण एन.आर.एनको दोहोरो नागरिता को मागलाइ शंकाको दृस्टीकोणले हेर्न जरुरी छ l राज संस्था को अन्त्य पछि धेरै कुरा मा फेरबदल आयो l जसरी दरबार हत्या काण्ड भयो त्यसपछि नेपाल र भारतबीचको कुटनीतिक ‘पोर्टफोलियो’ बरियाताक्रममा आकस्मिक गिरावट आयो । नेपाल–भारत सम्बन्धका जानकार भेषबहादुर थापाले यो कुरा स्वीकार गरेका छन कि- ‘राजा वीरेन्द्रको पालामा नेपाल र भारतको कुटनीतिक मर्यादा दुई देशबीचको जस्तो थियो । अहिले त्यो कुटनीतिक मर्यादा समाप्त भएको छ ।’ सुनुयोजित जसरी- नेपालको प्रधानमन्त्रीलाई त भारतको एउटा राजदूतले घुमाई दिएको छ । सरकारी उच्च अधिकारीको त कुरा छोडौ । नेताहरु राजदूतलाई भेट्न खुद निवास पुग्छन् । राकेश सुद त झन मन्त्रीको घरघर पनि जान्थे । कुनैपनि सरकारी काम अफिसियल जस्तो भएन र छैन पनि । अझै रहस्यम को कुरा त के छ भने-राजा वीरेन्द्रको वंशनाश गर्दा त्रिभुवन सदनमा गोली चलाउने हत्याराको खास पहिचान हुन नसकेपनि त्यो दिन प्रयोग गरेका तीन वटा हतियार अहिले पनि बेखबर छन् । ती हतियार अहिले कहाँ कस्तो हालतमा छन ? कतै बताइएको छैन । हत्याकाण्डमा जर्मनीमा बनेको ९ एमएम क्यालीबरको ग्लक सब मेसिनगन, अमेरिकामा बनेको ५.५६ क्यालीबरको एम–१६ राइफल ( एटु भर्सन ) र ९ एमएम कै गोली लाग्ने सर्टगन प्रयोग भएको थियो भन्ने कुरा बाहिर आएको थियो । हत्याकाण्ड पत्ता लागुन त्यी हतियार काफी नै छ l शंका गरिएका सबैलाई Finger print र हतियारको बाहिरी भागलाई उच्च स्तरको ल्यावमा जाँच गराउनु पर्छ । त्यो नेपाल र भारतमा सम्भव छैन । रसिया वा अमेरिकाको ल्यावमा लैजानु पर्दछ l Finger print र हतियारको कभर print मेल खान गयो भने कोहि न कोहि को संलग्नता ठहरिन्छ । प्रचण्डको राष्टबादको राष्ट्रबाद- होलेरी काण्ड’ मा पनि राजा वीरेन्द्रले तत्कालीन माओवादीलाई मार्न सेना प्रयोग गर्न दिएनन् । उहाँको बिचार थियो, ‘नेपालीलाई मार्न नेपाली सेनाको प्रयोग कदापी गर्न मिल्दैन । नेपाललाई शान्ति भूमि बनाईयोस भनी विश्वसामु सामू प्रस्ताप गर्ने राजा वीरेन्द्रको सुजियोजित हत्यापछि नेपाल सम्भवत टुहुरो नै भएको छ । तत्कालीन माओवादीसंग राजाको जो सम्भावित वार्ता थियो, त्यो पनि सफल हुन दिइएन । माओबादी र राजा बिरेब्द्र बीच पोखरामा बार्ता हुने बहस चलिरहँदा दरबार मा हत्या काण्ड भएको थियो l माओबादी राजा संग मिलेर अन्य दल लाइ खत्तम गर्ने कि दल संग मिलेर राजा लाइ खत्तम गर्ने भन्ने बारे अन्योल रहे पनि बिरेन्द्र संग सहकारी गर्न सकिने संभाबना थियो l प्रचण्ड ले भन्ने गरेको राष्टबादी संग को तालमेल भन्ने पनि यही थियो l तर यो केबल सपना मा सिमीत भए पछि माओबादि राजा होइन दल संग मिल्नु अनिबार्य थियो l त्यसपछि माओबादि र अन्य दल को बैचारिक मिलान मा खासै भिन्नता आएँन l सबै को उद्दश्य कमाउ धन्दा नै भयो l हरेक महान बिचार झुपडी र गरिको आगन बाट निर्माण हुन्छ र महल को कोठा मा पुगेर र हराउछन l बार्ह बर्ष को महान जन युद्ध ले दुइ चार जना मानिस आरब पति हुन सके l दुइ चार जना मानिस का छोरि जोवाई करोड पनि बने l तिनका नाति नतिना भान्जा भान्जी विदेश पढ्न जान सके l जनता मा फेरबदल त न प्रजातन्त्र मा आयो न यो गनतन्त्र मा l पंचायत मा आउने कुरै भएँन बरु राणाकालिन समय मा मठ मन्दिर बनेका कारण सबैलाई पुजा गर्न सजिलो भएको छ l देश लाइ अनिर्णय को बन्दी मा फसाउने काम नै माओबादी को नयाँ उन्नत राष्टबाद हो l प्रचण्ड पनि प्रधानमन्त्री बने l उनले मनमोहन सिङ लाई करिब आधा घण्टा अँगालो हाले | त्यहाँ खाए पिए तर असमान सन्धी र मिचिएका सीमाको बारेमा चुँइक्क पनि बोल्ने उनमा हिम्मत आएन | बल्ल बल्ल पाएको कुर्सीको दिर्घायुको लागि भिख माग्दै निर्लज्ज फिर्ता भए | उनले काठमाडौँका जनतालाई सुकिला मुकिला को संज्ञा दिए | आफुले डेढ लाखको पलंग चढे | रोलेक्स घडीमा ठाँटिए | आज उनको सम्पति विवरण विवरण कसैलाई थाहा छैन ? प्रचण्ड सत्तामा नजाउन्जेल सम्म खुब गर्जीन्थे | शान्ति, संबिधान , देश विकाश आफ्नै खल्तीमा भएको र आफुले सत्ता पाउने बित्तिकै जनतालाई चकलेट झैं बाँड्ने हो कि जस्तो गर्दथे | खरो राष्ट्रबादी भै भाषण गर्दथे, अमेरिकी पुंजिबाद र भारतीय बिस्तारबादलाइ घुंडा टेकाउने कुरा गर्दथे , सुरुंग युद्द नै झन्डै लडेका भारतसंग मुखले त माओबादी नेताहरुले | भारतीय लगानी ले नेपाली अर्थतन्त्र र श्रमिकको हित हुन नसक्ने उनीहरुको ठहर थियो | सबै असमान सन्धि सम्झौता खारेज गर्ने, मिचिएका सीमा हरु फिर्ता माग्ने भन्थे | भ्रष्टाचार जरै देखि उखेलेर फाल्नु पर्छ भन्थे | क्रान्तिकारी भूमिसुधार, जसको जोत उसको पोत जस्ता लोभलाग्दा नाराहरु घन्काए | शान्ति सुरक्षा र जनधन को रक्षामा कमि भो भनेर अरु दललाई खुब उडाउँथे | आफु सत्तामा आए चुट्कीका भरमा सब समाधान गर्ने कुरा गर्दथे l कुरा र काम को भिन्नता नै उनको क्रान्ति हो राष्टबाद हो । अहिले को गनतन्त्र मा प्रचण्ड का थुप्रै आत्मघाती राष्टबाद छन- सरकार मा गयो l भारतले काम गर्न दिएन भन्यो l राज्य को रकम मा ब्रह्म लुट गर्यो अनि सरकार बाट राजिनामा दियो l हिँजो सम्म हामीले भारतको उच्च अधीकारी वा पर्धान मन्तरी को नेपाल सम्बन्धी धारणा सुनेका थीयनौ l जसरी अाज सुनेका छौ l हामी र हाम्रो नेता केवल भारतीय राजदुत र खुपीया एजेन्सी "रअ" को पछाडी लागेका थीयौ ल आज कुरा प्रष्ट भएको छ l बास्तव मा भारतीय प्रधान मन्त्री संग को लाइभ कम्युनिकेसन को अभाब मा नेपालि जनता मा भारत बिरोधि भाबना जागेको थियो l अब हाम्रो हात भारततर्फ होइन नेपाली नेता को टाउको तीर उठाउन परेको छ l यी त कामचोर पो रहेछन् l सरकारमा गयो की खाली भारत ले काम गर्न दीयन भन्दै अकुत सम्पती कमाउने नेपाली नेता लाई आजै बाट चीन्न जरुरी छ l यी बदमास नेता नामधारी ले नेपाली जनता लाई त कुहीरो भीत्र को काग बनाएका रहेछन् l सरकारमा गयो भारत ले काम गर्न दिएन भन्यो राज्य को रकम मा ब्रह्म लुट गर्यो अनि सरकार बाट राजिनामा दियो l आफुले विकास को खाका राम्रो संग कोर्न नसक्ने बिदेशी संग सम्बन्ध बजबुत गर्न नसक्ने अनि प्रभु को इशरा ले कम गर्न पाइएन भन्नु के लाज मर्दो कुरा होइन l
sarai sahi lekh...Raja Birendra bina hami sachhi tuhura nai bhakachau sara Nepali haru :( :( :(
ReplyDelete