• Breaking News

    9.04.2014

    गायिका अन्जु पन्तले माफी मागिन्


    भदौ १९ ,काठमाडौं । गायिका अन्जु पन्तले हिन्दू धर्मसँग जोडिएको शब्द राखेको भन्दै गीत गाउन नमानेको घटनामा माफी मागेकी छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले कसैको धर्मलाई होच्याउने र घृणा गर्ने काम नगर्ने जनाएकी छन् । उनले एउटा गीतमा ‘दुर्गा माताको आर्शिवादले’ भन्ने शब्द जोडिएकोमा हिन्दू धर्म छाडिसकेको भन्दै गाउन अस्वीकार गरेकी थिइन् ।

    गीत गाउन नमानेको विषयमा उनको चौतर्फी आलोचना भइरहेका बेला उनले आफूले नेपाली गीत संगीतप्रेमी सबै स्रोता र सबै धर्मावलम्बीलाई श्रद्धा गर्ने उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘यदि म बाट जान अञ्जानमा केही भुल भएको भए क्षमा चाहन्छु ।’

    साथै उनले हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड दशैको नाम उल्लेख नगरिकन सबै धर्मावलम्बीहरुमा नजिकिदै गरेको आफ्नो चाड सभ्य र सरल किसिमले मनाउन आग्रह गर्दै शुभकामना समेत दिएकी छन्

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र