• Breaking News

    9.04.2014

    अन्जु पन्तलाइ कला जस्तो पवित्र क्षेत्रमा रहिरहने अधिकार नभएको भन्दै शिब सेनाको बिज्ञप्ति

    भदौ २०– हिन्दुवादी भन्दै दशै गीत नगाएको समाचार बाहिरिएपछि चर्को आलोचना खेपेकी गायिका अञ्जु पन्तले सबैसंग माफी मागेकी छिन् ।
    anju panta
    आफुबाट जान अनजानमा केही भुल भएको भए माफी दिनहुन उनले आफ्ना संगितप्रेमी दर्शक, श्रोता र सम्पुर्ण धर्मावलम्बीहरुलाई आग्रह गरेकी छिन् । एक हस्तलिखित भनाई सार्वजनिक गर्दै अञ्जुले आफुले अहिलेसम्म कुनै धर्मलाई होच्याउने र घृणा गर्ने काम नगरेको र कहिल्यै नगर्ने बताएकी छिन् ।
    आफ्नो विषयमा आएको समाचारप्रती निकै दुखी रहेको बताउँदै उनले आउँदै गरेको चाँड दशैको शुभकामना समेत दिएकी छिन् ।
    anju panta hand written
    अञ्जुले गीतकार सहदेव कोइरालाको शब्दलाई ‘हिन्दुवादी’ भन्दै गीत गाउन अस्वीकार गरेको समाचार बाहिरिएको थियो । गीतको शब्द यस्तो थियो :-
    सुख र शान्ती जिवनमा ओठमा हासो छाओस्दुर्गा माताको आर्शिवादले सोचेजस्तै पुग्दै जाओस्पुकार्दै मनले नवदुर्गालाई गर्दै कामनायो दशैको सबैसबैलाई छ शुभकामना
    यता अञ्जु पन्तले हिन्दवादी गीत भन्दै गाउन अस्वीकार गरेकोमा शिवशेना नेपालले घोर भ्रत्सना गरेको छ । ‘८५ प्रतिशत हिन्दु र ९५ प्रतिशत ॐकार भएको देशमा यस्तो अपहेलित शब्द प्रयोग गर्नु भनेको नेपाली कलालाई मात्र नभएर नेपाल राष्ट्रको नै अपमान भएको छ’, अध्यक्ष अनिल बस्नेतद्धारा जारी विज्ञप्तीमा भनिएको
    विज्ञप्तीमा अञ्जु पन्तजस्ता अतिवादी धार्मिक व्यक्तीलाई कला जस्तो पवित्र क्षेत्रमा रहिरहने अधिकार नभएको भन्दै विरोध गरेको छ ।
    shiva sena

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र