• Breaking News

    9.04.2014

    बृद्धाभत्ता ३ हजार पुर्‍याउनुपर्यो भन्दै जेष्ठ नागरिकहरु आन्दोलनमा !!

    काठमाडौं, भाद्र १९ । मासिक रुपमा पाउँदै आएको बृद्धाभत्ता बृद्धि गरी ३ हजार पुर्‍याउनु पर्नेलगायत माग राखेर जेष्ठ नागरिकहरु फेरि आन्दोलित भएका छन् । संयुक्त जेष्ठ नागरिक संघर्ष तदर्थ समितिको अगुवाइमा नयाँ बानेश्वरमा बृद्ध–बृद्धाले विहीबारदेखि धर्ना दिएर आन्दोलित भएको घोषणा गरेका हुन् ।

    १९ महिनासम्म पनि आफूहरुको मागको सम्बन्धमाकुनै पहल नभएको भन्दै फेरि बाध्य भएर आन्दोलन गर्नुपरेको जेष्ठ नागरिक सीताराम ढकालले बताए ।

    सार्वजनिक यातायातको भाडामा ५० प्रतिशत छुट दिनुपर्ने, सरकारी तथा निजि अस्पतालमा स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने लगायत ८ बुँदे माग राखेर जेष्ठ नागरिकहरु आन्दोलित भएका हुन् । जेष्ठ नागरिकको आन्दोलनमा क्रममा अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ । 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र