• Breaking News

    9.25.2014

    आखिर के हुँदैछ यो फिल्मी क्षेत्रमा ?

     असोज १०   गते
    आजकल फिल्म चलाउन अनेक अनेक तिकडम मच्चाउन थालिएको छ । खासगरि नांगोपन फिल्मी क्षेत्रमा खुबै बढेर गएको छ । बलिउडमा होस या कलिउडमा, नग्नताले नै पश्रय पाइरहेको छ ।
    यस्तै बेला बलिउडमा भने पोष्टरमा कलाकारको अनेकप्रकारका तस्वीर राख्ने प्रतिस्पर्धा नै चलेको छ ।
    बलिउडमा केही दिनअघि चलचित्र ‘पीके’को पोस्टर सार्वजनिक भएको थियो, निकै विवादास्पद बनेको त्यो फिल्मले बलिउडका सानाठुला चलचित्र निर्मातालाई फ्रीमा चलचित्रको प्रचार गर्ने माध्यम बनाइदियो । त्यसैले अमिर खानको ‘पीके’ लाई पछाडि पार्दै त्यस्तै पोस्टर सार्वजनिक हुने क्रम बढेको छ।

    ‘पीके’को नक्कल गर्दैै चलचित्र ‘ओके’ आयो । अमिर खानले निःवस्त्र भएर आफ्नो लाज एउटा टेपरेकर्डरले ढाकेका थिए । त्यसलाई पछाडि पार्दैै ओकेमा एक युवतीले क्यामेराले लाज ढाकेकी थिइन् ।
    अहिले फेरि त्यसैको सिको गर्दै ‘फुद्दु’ आएको छ। अब फुद्दुमा टेपरेकर्डर छेउमा राखेर गमलाले लाज ढाकेको देखाइएको छ।
    फुद्दु निर्देशक सुनिल सुब्रमणिको फिल्म हो । सुनिल सफल निर्देशक अनुराग बसुको सहायक रहिसकेका छन् । चलचित्रमा नयाँ हिरो शुभम र हिरोइनमा स्वाति कपुरलाई राखिएको छ। चलचित्रको निर्देशकको तर्क छ–जब अमिर खानको पोस्टरलाई सी–ग्रेडको भनिएन भने फुद्दुको पोस्टरलाई कसरी भन्ने रु
    सुनिलका अनुसार उनको चलचित्र ए ग्रेडकै हो । फुद्दु एउटी यस्ती युवकीको कथा हो जो बनारसबाट मुम्बई आउँछिन्, तर, यहाँको अस्तव्यस्त जीवनमा हराउँछिन् । उनको जीवनमा रौनक ल्याउनका लागि विवाह गराइन्छ, तर, आमा, बाबु, भाइबहिनी सबै भएको घरमा कसरी श्रीमतीलाई खुसी पार्ने भन्ने बुझ्नै सक्दैन । त्यसैले श्रीमती उनीमाथि गलत आरोप लगाउँदै छोडेर जान्छिन् । परिवारजन पनि रिसाउँछन् । यस्तो अवस्थामा युवकले श्रीमती गलत भएको कसरी सावित गर्नेछ भन्ने देखाएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र