9.25.2014
समचार
९ असोज । मध्यक्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षण (एसएसपी) रमेश खरेलले अपराध र अपराधीमुक्त समाज निर्माणका लागि प्रहरी र जनताबीच सहकार्य हुनुपर्ने बताएका छन् । बिहीबार खैरहनी नगरपालिका–१२ गवैको आयोजनामा नवदुर्गाको मूर्ति अनावरण कार्यक्रममा बोल्दै एसएसपी खरेलले जनता बर्दीबिनाको प्रहरी भएकाले समुन्नत समाज निर्माणका लागि प्रहरीले जनतासँग सँधै सहकार्य गरेर शान्ति र अमनचयनका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । प्रहरीले बर्दी लगाएर उदण्ड हुन नहुने उल्लेख गर्दै एसएसपी खरेलले आफू सँधै अपराधमुक्त समाज र शान्ति सुव्यवस्थाका लागि लागिपर्ने बताए । प्रहरीले जनतालाई दुःख दिएर होइन्, समाजप्रति रक्षक र सेवक बनेर काम गर्नुपर्नेमा उनले जोड दिए । ‘तालिम केन्द्रबाट हरेक वर्ष एक हजारदेखि १५ सयको हाराहारीमा प्रहरी उत्पादन हुन्छन्, उनीहरुबाट जनताले सँधै सुरक्षित र राहतको महसुस गर्नुपर्छ’, प्रमुख खरेलको भनाइ थियो । एसएसपी खरेलले जीवनमा पहिलो पटक यतिधेरै सम्मान मिलेको भन्दै कुमरोजवासीलाई धन्यवादसमेत दिए । ‘म जनताको सेवक हुँ, समयले साथ दिउञ्जेल जनतासँगै रहन्छु, उनले भने । खरेलले सबै नेपालीमा भातृत्व विकास हुन सकोस् भन्दै नवदुर्गा भवानीसँग आर्शीवाद माग्दै दसैँको शुभकामना दिए । यसैबीच, खरेलले स्थानीयको सक्रियतामा चौकी निर्माणका लागि खरिद गरिएको जग्गा अवलोकन गरेका थिए । उनले कुमरोज सामुदायिक वनको दोस्रो भवनस्थित मचानको उद्घाटन गर्दै हात्ती चढेर सामुदायिक वनको अवलोकन गरेका थिए । दुर्गा पूजा समितिका संयोजक गोपीलाल उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा न्यू पशुपति युवा क्लवका अध्यक्ष सुजन बस्नेतले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम अघि कुमरोजमा हात्तीसहितको शोभा यात्रा तथा विभिन्न संस्कृति झाँकीहरु प्रस्तुत गरिएको थियो - See more at: http://www.npnews.net/janata-ra-prahariko-sahakarya-hunu-parne/#sthash.MhGkB4OZ.dpuf
एसएसपी खरेल फेरी अगी बढे ,जनता र प्रहरीबीच सहकार्य हुनुपर्छ :
समचार
No comments:
Post a Comment