• Breaking News

    9.20.2014

    मकाउको भीसामा नेपालीलाई रोक

    चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई सार्वभौम मुलुकजस्तो भान हुने गरी नेपालले सरकारी कागजात जारी गरेकोमा असन्तुष्टि जनाउँदै त्यहाँस्थित चिनियाँ विदेश मन्त्रालयले नेपाली राहदानी बाहकलाई चिनियाँ भिसा दिन अस्वीकार गरेको छ ।
    वैदेशिक रोजगार विभागको त्रुटिका कारण त्यहाँ कार्यरत नेपालीहरू चिनियाँ भिसा लिनबाट बञ्चित भएका हुन्। यससँगै श्रम तथा रोजगार मन्त्रालय र विभागको कूटनीतिक अज्ञानतासमेत सार्वजनिक भएको छ।
    मकाउ चीनको विशेष प्रशासनिक क्षेत्र भएकाले यसका नाउँमा जारी हुने सरकारी कागजातमा स्पेशल एडमिनिस्ट्रेटिभ रिजन (एसएआर) पिपुल्स रिपब्लिक अफ चाइना(पीआरसी) छोटकरीमै भएपनि अनिवार्य लेखिनुपर्ने मान्यता छ। तर नेपालको वैदेशिक रोजगार विभागद्वारा जारी ‘वैदेशिक रोजगार अनुमति’ स्टिकरमा मुलुकको नाउमा ‘मकाउ’ मात्र उल्लेख छ। पछिल्लो समय चिनियाँ विदेश मन्त्रालयको कमिस्नर कार्यालयले यस्तो राहदानीबाहकको भिसासम्बन्धी निवेदन अस्वीकार गर्दै आएको छ।रोजगारीका लागि विदेश जानेहरुले विभागद्वारा जारी उक्त स्टिकर राहदानीमा अनिवार्य टाँस्नुपर्ने हुन्छ । त्यसमा मकाउ मात्र उल्लेख हुँदा यो ची मातहत नभएर छुट्टै सावृभौम राष्ट्र भएको अर्थ लाग्ने बताउँदै त्रुटी नसच्चाएसम्म यस्ता नेपाली राहदानीबाहकलाई भिसा दिन नसक्ने चिनियाँ पक्ष्ले जनाएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र