• Breaking News

    9.20.2014

    हृदयघात बाट यसरी बचौ

    अहिलेको धुलो, धुँवा, कामको तनावका कारण शहरिया जीवनमा विशेषगरी हृदयरोगबाट अधिक मानिसहरू पीडित छन् । जानौं हृदयका रोगहरूबाट बच्ने केही उपायहरू ।

    खानामा नियन्त्रण: मुटुको रोगबाट छुटकारा पाउन सर्वप्रथम खानामा नियन्त्रण राख्नु जरुरी हुन्छ । कम क्यालोरीयुक्त खानु राम्रो हुन्छ । नत्र यसले कोलेस्ट्रोलको मात्रा बढाउने गर्दछ । जुन हृदयघातको प्रमुख कारकतत्व हो । यस्तै पोषणयुक्त खाना खानुपर्दछ, क्यालोरीयुक्त भोजन अपनाउनु पर्दछ । फास्ट र जंक फूडलाई अहिलेदेखि नै त्याग्नु पर्दछ ।
    तरकारी तथा फल : फल तथा तरकारी भिटामिन र खनिजको राम्रो स्रोत मानिन्छ । फल तथा तरकारीमा क्यालोरीको मात्रा कम भिटामिन र पोषकतत्व बढी हुने गर्दछ, साथै अधिक मात्रामा फाइबर हुन्छ । जसले हृदय रोगहरू रोक्न मद्दत गर्दछ । बोसोयुक्त मासु, रातो मासु र पनिर जस्ता चिज त्याग्नु राम्रो हुन्छ ।
    दालजन्य पदार्थ:दालजन्य पदार्थहरू फाइबर(रेशा)को राम्रो स्रोत हो जसले रक्तचाप र हृदयको स्वास्थ्यमा राम्रो भूमिका खेल्छ ।
    चिल्लोपना तथा कोलेस्ट्रोल:खानामा चिल्लो र कोलेस्ट्रोलयुक्त वस्तुहरू सीमित गर्नुपर्छ । यस्ता भोजनको प्रयोगले हृदयसम्बन्धी रोग लाग्ने सम्भावना तथा हृदयघातको सम्भावना अधिक हुन्छ ।
    कम चिल्लोयुक्त प्रोटिन स्रोत समेटौं : कम चिल्लोपदार्थ र बोसो हुने मासु, अण्डा, माछा आदिको प्रयोग गर्नुपर्छ जुन प्रोटिनको राम्रो स्रोत हो । अण्डाको प्रयोग गर्दा पहेँलो भाग त्याग्नुपर्दछ । त्यस्तै माछामा ओमेगा–३ फ्याट्टी एसिड हुन्छ जुन रगतमा चिल्लोपदार्थ कम गर्न मद्दत गर्दछ ।
    सोडियमको मात्रा कम : नून सोडियम र क्लोरिनबाट बनेको हुन्छ । सोडियमको प्रयोगले शरीरमा रक्तचापमा वृद्धि गर्दछ जसले हृदयरोगलाई बढावा दिन्छ । रक्तचाप र हृदय रोगबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैकारण नुनको प्रयोग कम गर्नु राम्रो हुन्छ ।
    धुम्रपान त्यागौं : धुम्रपानले फोक्सो तथा मुटुमा क्यान्सर निम्त्याउने गर्दछ । यसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ । धुम्रपानले हृदयलाई पनि कमजोर बनाउँछ ।
    योग तथा व्यायाम : नियमित रुपमा व्यायाम र योगले हृदय र स्वास्थ्य दुवैलाई मजबुत बनाउँछ । यसले हृदयलाई शान्त पनि राख्दछ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र