• Breaking News

    9.20.2014

    पूर्वराजा शाहलाई हृदयघात, सफलतापूर्वक उपचार

    काठमाडौं, ५ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
    शुक्रबार राति करिव दश बजे पूर्वराजा शाहलाई अचानक हृदयघात भएको उनका निजी सचिव फडीराज पाठकले जानकारी दिए । ‘पूर्वराजालाई शुक्रबार राति करिव दश बजे हृदयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ,’ उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’
    ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार साँझ करिव पाँच÷छ बजे स्वास्थ्यमा केही असहजता भएको थियो,’ निजी सचिव पाठकले भने, ‘सामान्य हृदयघात भएपछि उहाँलाई डा.भरत राउत र डा.यादब भट्टको चिकित्सक समूहले कोरोनरी एनजिओग्राफका साथै सफलतपूर्वक एनजिओ प्लााष्टिक तथा स्टेनिङ समेत गरियो । हाल उहाँको स्थिति सामान्य र सन्तोजनक रहेको छ ।’
    पूर्वराजा शाहलाई हृदयघात भएपछि उनका शुभेच्छुक र आफन्त अस्तालमा पुगेको सचिव पाठकले जानकारी दिए । पूर्वराजा शाह एक÷दुई अस्पतालमै बस्ने छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र