बेलायती युवराज्ञी बच्चा जन्माएको १ वर्षमै अर्को सन्तान जन्माउने तयारीमा रहेको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।
बेलायतीको पत्रिका डेलीमेलको अनलाइन संस्करणले बेलायती युवराज्ञी केट मिडल्टन आमा बन्ने तयारीमा रहेको समाचार प्रकाशित गरेको छ । डेली मेलका अनुसार पहिलो सन्तान एक वर्षको पुग्दा नपुग्दै विलियम र केट दोश्रो सन्तानको प्रतिक्षामा रहेको बताइएको छ ।
केटलाई गर्भवती महिलालाई हुने समस्याहरु भैरहेको समेत डेली मेलमा उल्लेख छ ।
No comments:
Post a Comment