सल्यान, भदौ २४ - सल्यानको बामे गाविस ९ मा दुम्सी मार्न खोज्ने दुईजनाको ज्यान गएको छ ।
बामेका २६ वर्षका सेतीराम बुढा र २२ वर्षका भद्रबहादुर बुढाको ज्यान गएको सल्यान प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवैजनाले सोमबार दिउँसो दुम्सी बस्ने ओढारमा गएर आगो बालेका थिए ।
५० मिटर गहिरो ओढारमा आगो बालेर फर्किएपछि साँझ दुवैजना दुम्सी मर्यो होला भनेर हेर्न ओढारभित्र पसेका थिए । तर रातीसम्म उनीहरु ओढारभित्रबाट फर्किएनन् मंगलबार विहान मात्र धुवाँमा निस्सासिएर उनीहरुको ज्यान गएको थाहा भयो । मंगलबार विहान दुवैजनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
9.09.2014
समचार
No comments:
Post a Comment